बन बिहारलाई ईको टुरिजमको रुपमा बिकास गरिदै



यमलाल भुसाल
बुटवल, (नेस)
शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रलाई ईको टुरिजमको रुपमा बिकास गरिदै लगिने भएको छ ।

शंकरनगर सामुदायिक बनमा २०६२ सालमा स्थापना भएको बन बिहार तथा अनुसन्धान केन्द्र पश्चिमाञ्चल क्षेत्रकै केन्द्रका रुपमा बिकास हुँदै गएको र त्यसको समुचित बिकास अपरिहार्य रहेको बताईएको छ ।

बन बिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बाबुराम अर्यालका अनुसार सुविधा सम्पन्न पार्क तथा विश्राम स्थल, बनभोज तथा विवाहकालागि उपर्युक्त सेडको निर्माण, वाल उद्यान, वितरा तथा लोपोन्मुख बन्यजन्तु तथा बनस्पतिको संरक्षण, प्रवद्र्धन तथा अनुसन्धान, व्यबसायिक लाभकालागि नर्सरी स्थापना, सदाबहार बोट विरुवा रोपण तथा संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो ।

जडिबुटि खेतीका लागि बोटानिकल गार्डेनको रुपमा बिकास तथा पुष्प व्यबसायको समेत सम्भावना रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने, पर्यटकलाई आकर्षित गर्ने खालका कार्यक्रमहरु भ्युटावर, एक्युरिएम, हरर हाउस, लुम्बिनीसंग जोड्ने गरी विपश्यना ध्यान केन्द्र, ऐतिहासिक कुवा संरक्षण लगायतका कामहरु अगाडी बढाउन आवश्यक देखिएको अध्यक्ष अर्यालले बताउनु भयो ।

केन्द्रले भ्युटावर निर्माण, वाल रेल सञ्चालन, चिडिया खानलाई स्तरोन्नती, बोटानिकल गार्डेन, हरर हाउस, प्राकृतिक पोखरी निर्माण लगायतका कार्यक्रमलाई दीर्घकालिन योजनाको रुपमा अँगाडी सारेको छ ।

शंकरनगर सामुदायिक बनको ५ सय ७६ हेक्टर बनमध्ये ५१ हेक्टर बन शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रको रुपमा छुट्याईएको छ । जसले रुपन्देही जिल्लामै नमुनाको रुपमा अंघि बढेको दावीअध्यक्षको छ ।

तिलोत्तमा नगरपालिकाका कार्यकारी अधिकृत मोहन पौडेलले शंकरनगर सामुदायिक बनमा सञ्चालन गरिएको बन बिहार तथा अनुसन्धान केन्द्रलाई नगरको पुँजीको रुपमा लिईको बताउँदै त्यसको बिकासकालागि नगरपालिकाले प्राथमिकताका आधारमा सहयोग गर्ने बताउनु भयो ।

शंकरनगर बहुमुखी क्याम्पसका चण्डीप्रसाद पाण्डे, आजिवन सदस्य भेषराज गैरे, सुलोचना नेपालले शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्र ईको टुरिजमको रुपमा बिकास हुँदै गएकाले त्यस भित्र विकृति रहित वातावरण बनाउनु पर्ने सुझाव दिनु भएको छ ।

नेपाली काँग्रेसका महासमिति सदस्य यमबहादुर खत्रीले विकासकालागि राजनीति गर्न हदैन भन्दै शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रको बिकासकालागि आफूहरुले सधै सकारात्मक भूमिका निर्वाह गर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्