रहेनन् रामशेखर



पुष्कर बुढाथोकी, भक्तपुर
ख्यातिप्राप्त कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको उपचारका क्रममा सोमबार बिहान ६ बजे भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको छ।

क्यान्सरबाट ग्रस्त नकर्मी गत फागुन ८ गते आइतबार अस्पताल भर्ना भएका थिए।

उनको शव भक्तपुर क्यान्सर अस्पतालबाट हनुमानघाटसम्म शब यात्रा गरि लगिएको थियो। शय यात्रामा सयौं सहभागि भएका थिएन। उनको पार्थिव शरीर त्यसअघि भक्तपुर अर्ब‘द्ध रोग निवारण अस्पताल दुधपाटीमा राखिएको थियो। उनको शवलाई भक्तपुर नगर परिक्रमा गरी वाचुटोलस्थित निवास पुर्याई हनुमानघाट पुर्याइएको थियो। नाकको क्यान्सरबाट उनको निधन भएको र मधुमेहका कारण क्यान्सरको शल्यक्रिया गर्न नसकिएको तथा त्यही कारण निधन भएको भक्तपुर अर्ब‘द रोग निवारण अस्पतालका चिकित्सकहरुले बताएका छन्।

नाट्यकर्मी समाजका अध्यक्ष लक्ष्मीप्रसाद चवालले नेवारी र नेपाली साहित्य बिधाका साथै नेपाली कला क्षेत्रमा रामशेखर चिरपरिचित कलाकार त्यसमा पनि उपत्यकाभित्रको नेवार समुदायमा उनको नाम सबै माझ परिचित रहेको बताए। नकर्मीले मह जोडीद्धारा निर्मित सिरीयल १५ गतेमा अभियन गरेपछि लोकप्रियता कमाएका थिए। महकै रिीयल लक्ष्मी र लोभिपापी फिल्ममा पनि उनले अभिनय गरेका थिए। भक्तपुर नगरपालिका वडा नं ६ इनाचोस्थित पुर्खयौली घर भुकम्पले भत्किएपछि उनी बृद्धाश्रममा बस्दै आएका थिए। प्रहसन, नाटक, कथासंग्रह, उपन्यास लेखिरहने उनको कलम जीवनको अन्तिमसमयसम्म पनि निरन्तर चलिरहेको थियो। १९९४ साल माघमा भक्तपुरको इनाचोमा उनको जन्म भएको थियो। उनले नेपाल भाषामा भजगोविन्द, जनताजनार्दनलगायत दुई दर्जन जति नाटक लेखेका छन्। उनको कृति सङ्फागु चा, विहानीले चिरेको रात जापानी भाषामासमेत उल्था गरी प्रकाशित भएको छ। सिमातः फः फः स्व, रुखहरु मोडिएका छन् नामक कथासंग्रह उनले लेखेको चर्चित कथासंग्रह हुन्।

नेपाल भाषाको मौलीक बिधा ख्यालका प्रणेताको मानिने उनले गाईजात्रामा देखाईने ख्याललाई डबलीदेखि प्रज्ञा भवनको हलसम्म पुर्याएका थिए। उनले नेपाल भाषाको चलचित्र १२ बजे, झोकमनिम्हाः न्हीसुतु नामक टेलिफिल्मको लेखन तथा निर्देशन गरेका थिए। जुन फिल्मको अहिले पनि भक्तपुरमा वाहवाही चल्छ। उनले धिन्ताल जस्ता तीन दर्जन प्रहसन ख्यालहरू लेखेका छन् भने नेवारी भाषाको फिल्म राजमतीको कथा र पटकथामा खोजी अनुसन्धानका साथ कवि दुर्गालाल श्रेष्ठसँग मिलेर काम गरेका थिए। उनका चार छोरा र चार छोरी छन्। दुवै श्रीमतीको अगाडि नै निधन भइसकको छ। नेपाल भाषाका जीवन्त अभिनेता रामशेखर लामो समयदेखि क्यान्सरबाट पीडित थिए। २०११ सालमा कला क्षेत्रमा प्रवेश गरेका उनले पहिलोपटक समाज सुधार नामक नाटकमा अभिनय गरेका थिए। त्यसपछि साहसी महिला नामक नाटकमा दृष्टीबिहीन भिखारीको भ”मिकामा अभिनय गर्नुका साथै त्यसका लागि प्रभु लेऊ शरण म भिखारी बोलको गीत रचना गरेका थिए।

नेपाल भाषाका स्रष्टा गणेशराम लाछीले रामशेखर मुटु छुने कलाका धनी हुनुहुन्थ्यो भन्दै उनले क्षमताअनुसार अझ अबसर नपाएको र भक्तपुरमै बढी केन्द्रित हुनुपरेको खुलाए। रामशेखकाका कतिपय कथा नेपाली भाषामा अनुवाद भएका छन् भने मत ख्याः कथा अंगे्रजीमा अनुवाद छ भने नसंफाःगु चा उपन्यासबाट दुई प्रतिष्ठित पुरस्कार श्रेष्ठ सिरपा र गंकी वसुन्धरा सिरपा पाएका थिए। उनले लेखन, निर्देशन र अभिनय गरेको पःखा (पर्खाल) ले जापानको अन्तर्रा्ष्ट्रिय चलचित्र महोत्सवमा थर्ड फ्युचर अफ एसिया अवार्ड चुमेको थियो। नवीन सुब्बाको दलन तथा ऐतिहासिक पृष्ठभ”मिमा बनेको फिल्म वीर गणेशमानमा पनि उनले अभिनय गरेका थिए। मह जोडीका गुरुका रुपमा परिचित नकर्मी कलाकार श्रीकृष्ण अनु, लेखक सुर्यबहादुर पिवा, कलाकार स्व.नगेन्द्र हाडा र साहित्यकार तिलक कायस्थका समकालिन थिए। गत साता उनको स्वास्थ्य उपचारमा सघाउन भक्तपुरका विभिन्न संघसंस्था मिलेर नरेन्द्रभक्त हाडाको संयोजकत्वमा सहयोग समिति गठन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्