कट्टरपन्थीविरुद्धको कारबाहीलाई प्राथमिकता दिन आह्वान



जेनेभा, (एजेन्सी)
सिरियाको विषयका जेनेभामा भइरहेको वार्तामा सिरियाली सरकारी प्रतिनिधिमण्डलका वरिष्ठ कूटनीतिज्ञले कट्टरपन्थीविरुद्धको लडाइँलाई उच्च प्राथमिता दिन आह्वान गरेका छन्।

सिरियाको मध्यभागमा पर्ने प्रान्त होम्समा ४२ जनाको ज्यान लिने गरी भएको दुई वटा आत्मघाती आक्रमणको घटनापछि उक्त आह्वान गरिएको हो।

जेनेभामा भइरहेको शान्ति वार्तालाई समेत असर पार्ने गरी सिरियाको होम्समा हमला भएको सरकारी टेलिभिजन र अनुगमनकर्ताले उल्लेख गरेका थिए।

कट्टरपन्थी विरुद्धको लडाइँलाई प्रमुख प्राथमिता दिइने सिरियाली सरकारका तर्फबाट जेनेभा पुगेका बसार वार्ता टोली प्रमुख प्रतिनिधि अल जाफरीले बताए।

अढाइ घण्टा लामो उक्तमा कट्टरपन्थी विरुद्धको कारवाहीलाई प्राथमिकता दिइएको सिरियाका लागि राष्ट्रसघका राजदूत स्टेफेन डे मिस्टुराले पत्रकारलाई बताए।

सिरियाको होम्स प्रान्तमा भएको आत्मघाती आक्रमणको निन्दा गरी विज्ञप्ति जारी गर्न मिस्टुरालाई अनुरोध गरिएको वार्ता टोली प्रमुख प्रतिनिधि बसार अल जाफरीले जानकारी दिए।

सिरिया द्वन्द्वबारे संयुक्त राष्ट्रसंघको पहलमा जेनेभा वार्ता १० महिनापछि बिहीबार पुनःशुरु भएको हो। यस वार्तालाई सिरियामा सन् २०११ देखि हालसम्म करिब चार लाख सिरियालीको मृत्यु भइसककेको र करिब आधा जनसंख्या विस्थापित भइसकेको गृहयुद्ध अन्त्य गर्ने अन्तिम प्रयास हुने बताइएको छ।

सन् २०१६ को शुरुदेखि अहिलेसम्ममा भएको यो चौँथो प्रयास हो। पछिल्लो चरणमा रसिया र टर्कीको पहलमा सरकार र विद्रोहीलाई सहभागी बनाइ काजकिस्तानको अस्तानामा भएको वार्ता जेनेभामा भेट्ने सहमति गर्दै अन्त्य भएको थियो।

प्रतिक्रिया दिनुहोस्