ललित सिहं
बझाङ १४ फागुन

जिल्लाका एच आई भि संक्रमित भन्छन् २५ बर्ष भारतमा रोजगारी गरेर घर फकर्दा आफु नै समाजको अपहेलित हुने भएर घर फर्के हेर्ने दृष्टिकोण फरक रहेको एच आई भि संक्रममित ब्यक्तहरुको भनाई छ । आफु संक्रमित भए पछि घरको खर्च चलाउन कुनै काम गर्न खोज्दा समाजको हेर्ने दृष्टिकोण नै फरक छ । हामीलाई यो समाजमा बाच्न कठिनाई हुदै गएको एच आई भि संक्रमित कोटदेबल गाबिसका ४७ बर्षका महेश बहादुर खड्रका बताउन्छन् ।

समाजमा जस्तो सुकै काम गर्न खोजे पनि आफुहरुलाई अपहेलनाको दृष्टिकोणले हेर्ने गरेको उनिहरुको भनाई छ । जसका कारणले एच आई भि संक्रमित भएका ब्यक्तीहरु अहिले पनि समाजमा खुल्न नचाहाने गरेको एच आई भि संक्रमित महेश कुमार खड्काले बताउनु भयो ।

हात मिलाउदा एच आई भि सर्दैन। संगै खाना खाए यो रोग सर्दैन भन्ने थाहा पाए पनि समाजका जाने बुझेका ब्यक्तीहरुले आफु संग हात मिलाउन नमान्ने, आफ्नो नजीक बस्न पनि नमान्ने गरेको उहाँले गुनासो गर्नु भयो । नजीक बस्न नमान्दा र आफु संग आफ्नो गाविसका ब्यक्तीहरु नजीक आएर बोल्न नमान्दा आफुलाई निकै नै दु ः ख लाग्ने गरेको बताउदै आफू एच आई भि एड्को को सिकार यसरी भएको खड्काले बताए ः

२०४७ सालमा एस.एल.सी. पास गरेर भारत गएका महेशलाई भारत बाट नै आफु यो रोगको सिमार भएको बताए । एस.एल.सी. पार गरेर केही रोजगारी भए गाँउ मै गर्ने मरो सोच थियो । खड्काले भन्नु भयो “जिल्लामा धेरै ठाँउ रोजगारी पाउन्छुकी भनेर खोजे कतै पनि पाईन, अनि अन्तिम विकल्प बाध्यताले भारत गईयो ।”

भारतमा झण्डै २५ बर्ष बसेर कहिले सेकुरेटी, कहिले बजारको डिउटी, कहिले होटलको काम, कहिले गाडी सफा गर्ने काम धेरै काम गरे । विच विचमा कहिले काँहि घर पनी आउने गर्दथे ।

पछि घरका आफन्तले विवाह गरी दिने निधो गरे । विवाह पनि भयो । मेरो थप जिम्मेवारी बढ्यो । मेरो आर्थीक अवस्था कमजोर भएकै कारण पढ्ने ईच्छा हुँदा हुँदै पढाई पनि छुट्यो ।

जिल्लामा केहि रोजगार गरौ भने आर्थिक अवस्था निकै कमजोर भएका कारणले लगानी गर्ने रकम नभए पछि रोजगारीका लागी भारतमा नै जानु पर्ने मेरो बाध्यता थियोे । कहि समय पछि हुँदा हुँदा २ छोरी पनि जन्मीए । त्यती बेला सम्म मलाई एच.आई.भि भएको थिएन ।

पछि साथीहरुको लयलहमा लागेर बेस्यावृति गर्ने ठाँउमा जान पुगेछु । “मदिरा सेवन गर्ने उनी त्यस्तो काम गर्न जाने गर्दा गर्दै एच आई भि संक्रमित हुन पुगे छु ।

घरमा लामो समय सम्म नगई भारतमै बसेर रोजगारी गर्दै जाँदा पछि गएर आफु कमजोर भएको महशुस गर्न थाले । ” एक दिन भारतको एउटा अस्पतालमा टाउको निकै नै दुखे पछि चेकअप गराउन गए, त्यहाँ रगत परीक्षण गर्दा एच.आई.भि. भएको डाक्टरले पुष्टि गरी दिए पछि सुरुमा आफुलाई समाल्नै सकीन, विस्तारै अघि गरेका कामहरुको गल्तीको प्राश्चित गर्दै कोठा फर्कीए । घर आउने मनै नलाग्ने भयो । घरमा श्रिमती छोरीहरुले पटक पटक खबर पठाउन थाले चाँडो भन्दा चाँडो घर आउनु पर्र्यो भनेर अनी घरमा पनि आए ।

घर फर्कीए पछि आफ्नो श्रीमतीलाई घर आएको १० । १५ दिन पछि आफ्नो बारेमा सबै भने “ तर गाँउका कुनै पनि ब्याक्तीलाई नभन्न आग्रह गरे, श्रिमतीले पनि साथ दिईन । विस्तारै गाँउका केहि ब्यक्तीहरुलाई पनि थाहा भयो । “अनि गाँउमा नानाथरी कुरा काट्न थाले, मेरो मात्र होईन, श्रीमतीलाई पनि कुरा लगाउन थाले । मेरो घरबार नै विचल्ली हुने अवस्थामा पुग्यो ।” गाँउमा बस्न नसक्ने अवस्था भएर फेरी भारत तर्फ नै प्रस्थान भए ।

विस्तारै समय संगै गाँउका स्थानीयहरु पनि बदलीदै गए , एच आइ भि का बारेमा गाँउ गाँउमा जनचेतना फैलिदै गए । म समाजमा खुली सकेको थिए । एचआईभि संक्रमीत भनेर ।

मेरो सानै देखी सोच थियो । समाजको सेवा गर्ने । अब समाज सेवामा लाग्छु भन्ने सोच आएको थियो, यस्तै एचआईभि संक्रमीत ब्याक्तीहरुलाई भेट्छु समाजमा लुकेर भन्दा खुलेर काम गर्न सके अरु जस्तै स्वस्थ तरीकाले बाँच्न सकीन्छ भन्ने तरीकाले , गाविस गाविसमा जाने सोच बनाए । गए पनि ।

एच आई भि विरुद्ध आफुल जानेको जनचेतना गाँउमा फैलाउन्छु भन्ने मेरो सोच थियो । यहि सोच हनुसार म जनचेतना फैलाउन्छु भनेर र एच आई भि संक्रमित ब्यक्ती संग भेटघाट गर्नका लागी सुरुमा चौधारी गाविसमा पुगे । केहि ब्यक्ती एचआईभि संक्रमीत भएको थाहा थियो । गाँउका एक दुई जना ब्यक्तीलाई भेटेर उनको घर कहाँ छ भनेर प्रश्न गरे ? यती सोध्न नपाउदै त्यहाँका स्थानीयहरुले तपाई पनि एच.आई.भि संक्रमीत हो ? भनेर उल्टै प्रश्न गरे मैले हो भने । यती भन्न नपाउदै मरो नजीक कोहि पनी नआउने भए , म संग बोल्न पनि नबोल्ने भए ।

लामो बाटो हिडेर गएका कारणले पानी माग्दा पनि पानी खान नदिने भए , रात परि सकेको थियो, अनी बास माग्न खोज्दा कसैले पनि एक रात बास दिएनन् । रातको समय कस्को घर जाने आफ्नो घर फर्कन सम्भव थिएन, थोत्रो भएको एउटा छानो थियो । त्यसैमा रात विताए अनि यो अभियानमा लागेर सम्भव नहुने भन्दै मनमा निराशा छायो घर आएर बसि रहे । यस्तै छ अझै पनि समाजमा । मैले भोगेको । र देखेको कुरा । यहाँको समाजले कुरा एक गर्दछ, तर ब्यावहारमा फरक छ म जस्तो एच आई भि संक्रमित भएका ब्यक्तीलाई गर्ने ।

घर खर्च चलाउन ब्यावसाय गर्न थाले एच आई भी पिडित

एच. आई. भि संक्रमित भएका ब्यक्ती ब्यावसायि बन्दै गएका छन् । कोटदेबल गाविस वाड नम्बर ५ बस्ने ४७ बर्षिया महेश बहादुर खड्का ब्यावसायि बन्दै गएका हुन् ।

खड्का अहिले सिलाई कटाई तालीम लिएर लुगा कपडा सिलाउ्दै छन । यु एम एन को आर्थीक सहयोगमा महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको साझेदारीमा सन्चालीत तिन महिने सिलाई कटाई तालीम पाए पछि यो ब्यावसाय गर्न लागेको उहाँले बताउनु भयो । यो ब्यावसाय पनि लामो समय नचल्ने मैले ठानेको छु उहाँले भन्नु भयो । केहि ब्यक्तीले मात्र आफ्नो कपडा सिलाई दिन भन्नु हुन्छ नत्र एच आई भि सर्न सक्छ भन्दै लुगा कपडा सिलाउन मान्दैनन् उहाँले बताउनु भयो ।

अनी कसरी ब्यावसाय गर्ने ? अहिले त सामान्य चली रहेको छ तर समाजका केही ब्यक्तीहरुको मुख बाट यस्ता कुराहरु पनि सुनिन्छन् । मलाई लाग्छ मेरो यो ब्यावसाय लामो समय चल्दैन होला । अब यो ब्यावसाय चले ठिक छ नभए बाख्रा पालन ब्यावसाय गर्न मन लागेको छ । तर फेरी ब्यावसाय गर्न रकमको आवस्यक पर्छ त्यो छैन । अहिले २ छोरी, श्रीमती, आमा बुबा सम्पुर्ण परिवार मेरै भरमा हुनु हुन्छ । अरु आय आर्जनको माद्यम केहि पनी छैन ।

२५ बर्ष छिमेकी देश भारतमा रोजगारी गरेर घर फर्कदा एचआईभी संक्रमित भएर आए पछि ,आफ्नो पेट पाल्न र घर परिवारलाई एक छाक भात खुवाउनको लागी आफ्नै घर अगाडी एक मेसिन राखेर सिलाई कटाई गदै कोटदेबल गाबिस ५ का महेश बहादुर खड्का तस्बीर ललित सिहं

LEAVE A REPLY