पत्रकारिता पुरस्कार स्थापना



पाल्पा, ५ फागुन । लुम्बिनी मेडिकल कलेज, पाल्पाले ‘शिक्षा स्वास्थ्य राष्ट्रिय पत्रकारिता पुरस्कार’को स्थापना गरेको छ ।

कलेजका अध्यक्ष गोपालबहादुर पोखरेलले नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याललाई ‘शक्षा स्वास्थ्य राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापनाका लागि रु सात लाखको चेक हस्तानन्तरण गर्नुभएको हो ।

शाखा अध्यक्ष अर्यालले पुरस्कार स्थापनाले स्वास्थ्य क्षेत्रका विकृति विसङ्गति न्यूनिकरण तथा यस सम्बन्धी सकारात्मक समचार लेखनलाई बढाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्