भैरवकुण्डको ३० लाख कित्ता शेयर आउँदै



काठमाडौं(नेस)
भैरवकुण्ड हाइड्रो पावर लिमिटेडले ३० लाख कित्ता पब्लिक शेयर जारी गर्ने भएको छ।

कम्पनी पब्लिक लिमिटेडमा दर्ता भएको १ वर्ष पुरा भए पछि ३० करोड रुपियाँको साधारण शेयर जारी गर्न लागिएको हो। ’आउँदो वर्ष असारदेखि असार देखि पब्लिक शेयर जारी गर्ने छौं।’

लिमिटेडका अध्यक्ष सुरेन्द्र भण्डारीले भन्नुभयो। लिमिटेडका अध्यक्ष भण्डारी अनुसार ६५ करोड चुक्ता पुँजी रहेको लिमिटेडले हालसम्म ७३ करोड रुपियाँ लगानी गरिसकेको छ। बैशाख १२ गतेको विनाशकारी भूकम्प, बाढी र जुरेपहिरो लगायतले क्षतिग्रस्त पावरको पुनःनिर्माण गरी विधुत उत्पादन शुरू गरिएको थियो।

कम्पनीको वर्तमान शेयरधनीहरूबाट शेयर पूँजी बृद्धि गर्ने, नयाँ शेयरधनीहरूबाट शेयर पूँजी बृद्धि गर्ने, पब्लिक शेयर जारी गर्ने, कम्पनीको कर्जा चुक्ता गर्ने, कम्पनीका शेयरधनीहरूलाई यथाशीघ्र लाभांश उपलब्ध गराउने, तयारी भइरहेको पनि अध्यक्ष भण्डारीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्