रुपन्देही पूर्ण खोपयुक्त जिल्ला घोषित



बुटवल, २२ माघ । रुपन्देही जिल्ला २२औँ पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको छ ।

स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले शुक्रबार जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्दै घोषणालाई कार्यान्वयन गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भैरहवामा रहेको जिल्ला अस्पताललाई स्तर वृद्धि गरी १०० श्ययाको बनाउने कार्यलाई तत्काल कार्यान्यवन गरिने वचन दिँदै अस्पताललाई चाहिने उपकरण समेत तत्कालन उपलब्ध गराइने घोषणा गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले खोप अभियानलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताउँदै यस वर्ष खोपका चार प्रकार थप गरिन लागेको जानकारी दिनुभयो ।

विसं २०७० मा रुपन्देहीमा पहिलो पटक तत्कालीन शङ्करनगर गाविस पूर्ण खोपयुक्त घोषणा भएको थियो । त्यसको तीन वर्षपछि रुपन्देही पूर्ण खोप जिल्ला भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्