पुँजी बजारमा सुधार लगानीकर्ताको सम्पत्ति ७१ अर्बले बढ्यो



नेपाल समाचारपत्र
काठमाडौं
बुधबार नेप्से ६३ दशमलव २३ अंकले बढेर १३८९ दशमलव ८३ अंकमा पुगेको छ। उच्च अंकको नेप्से बढेसँगै शेयर लगानीकर्ताको सम्पत्ति ७१ अर्ब रुपियाँले बढेको छ। १४ खर्ब ९२ अर्बमा रहेको समग्र बजार पुँजीकरण बढेर १५ खर्ब ६३ अर्ब रुपियाँ पुगेको छ। लगानीकर्ताले मंगलबार पनि ४५ अर्ब रुपियाँ कमाएका छन्। सोमबार दिन ७४ अर्ब रुपियाँ गुमाएका शेयर बजारका लगानीकर्ताले त्यसपछि भने लगातार कमाएका छन्। सोमबार नेप्सेमा पहिरो गए पनि त्यसपछि बजार सम्हालिँदै पुरानै लयमा फर्किन थालेको छ।

दुई दिनमा नेप्सेमा ८० अंकभन्दा बढीले सुधार भएको छ। लगातारको शेयर गिरावटप्रति अर्थमन्त्रीले चासो राख्दै अर्थमन्त्री कृष्णबहादुर महराले अनलाइन ट्रेडिङको स्टिम विकास गर्न तथा अन्य सुधारका उपायहरू अबलम्वन गर्न नेपाल धितोपत्र बोर्ड र नेप्सेका अधिकारीलाई निर्देशन दिनुका साथै नेपाल राष्ट्र बैंकका अधिकारीले बजारमा तरलता अभाव नरहेको र हाल देखिएको समस्या छिट्टै हटेर जाने तथा ब्याजदर क्रमशः घट्दै जाने संकेत गरेको समाचारमा आएका कारण लगानीकर्तालाई उत्साह दिएको थियो। यसका साथै राजनीतिक वातावरण पनि सुधारउन्मुख हुँदै गएको समाचार आएपछि शेयर बजारमा त्यसको सकारात्मक प्रभाव परेको विश्लेषकहरूको भनाइ छ।

लगातार दुई दिन उच्च अंकले घटेको बीमा समूह पनि बुधबार सबैभन्दा बढी ३७६ अंकले उकालो लागेको छ। त्यस्तै क्रमशः जलविद्युत् समूह ८०, बैंकिङ समूह ६४, विकास बैंक समूह ५६, होटल समूह ४४, उत्पादन समूह २५ र वित्त समूह १९ अंकले बढेको छ। कुल १३७ कम्पनीको १८ लाख ३३ हजार ४ सय ४० कित्ता शेयर ६० करोड ६७ लाख रुपियाँमा किनबेच भएको छन्।

यसदिन सिद्धार्थ बैंकको सबैभन्दा धेरै ८ करोड २२ लाख रुपियाँ बराबरको सेयर किनबेच भयो। त्यसपछि नेपाल टेलिकमको ६ करोड बढीको कारोबार गरेको छ। जलविद्युत् लगानी तथा विकास कम्पनी ३ करोड ७० लाख रुपियाँको कारोबार हुँदा एनबी बैंक र प्रभुको पनि दुई करोड रुपियाँभन्दा बढीको कारोबार भएको छ ।

यस दिन स्वाबलम्बन विकास बैंक, हिमालय जनरल इन्स्योरेन्स, साना किसान विकास बैंक र छिमेक लघुवित्त विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ।
त्यस्तै नेपाल ग्रामीण विकास बैंक, एनएलजी इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक, सानिमामाई हाइड्रोपावर, प्रुडेन्सियल इन्स्योरेन्स, नेरुडे लघुवित्त विकास बैंक, रिडी हाइड्रोपावर, प्राइम कमर्सियल बैंक, सिनर्जी फाइनान्स, फस्ट माइक्रो फाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स, सिटिजन बैंक, आइसीएफसी फाइनान्स, नेपाल इन्स्यारेन्स कम्पनीको पनि करिब १० प्रतिशतले मूल्य बढेको छ।

यसैगरी बुधबार सबैभन्दा बढी एनएमबि बैंकको संस्थापक शेयर घटेरको छ। सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम, गुहेश्वरी विकास बैंक,ओरियन्टल होटल, एक्सल डेभलपमेन्ट बैंक (संस्थापक), रिलायन्स फाइनान्स, कैलाश विकास बैंक, साझा विकास बैंक र लुम्बिनी फाइनान्सका लगानीकर्ताले पनि गुमाएका छन्।
स्कोडाको आधिकारिक नेपालका लागि बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडा र्यापिडको फेसलिफ्टलाई नेपाली बजारमा भित्र्याएको छ।उक्त कारलाई मंगलबार कम्पनीका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल महाप्रबन्धक सुरज मानन्धरले अनावरण गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्