शास्त्रीय संगीतको प्रतियोगिता



२४औं बाल शास्त्रीय संगीत प्रतियोगिता सम्पन्न भएको छ।

किराँतेश्वर संगीताश्रमले राजधानीको पशुपति परिसरमा सो प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा गायन, सुर र ताल वादन विधामा पुराना तथा नवोदित बालकलाकारले आ–आफ्नो कला प्रतिभा प्रदर्शन गरेका थिए।

जसअन्तर्गत सुर वादनतर्फ सिम्रन महर्जन प्रथम, सामिप्य डंगोल द्वितीय, उर्भी सिंह तृतीय र विफसा बज्रचार्य सान्त्वना भए। त्यस्तै गायनतर्फ शशांक सापकोटा प्रथम, अभिज्ञा शर्मा द्वितीय, आकांक्षा घिमिरे तृतीय र राहन कार्कीले सान्त्वना स्थान हासिल गरेका थिए।

ताल वादनतर्फ उत्कृष्ट चार स्थानमा क्रमशः निमेष कार्की, अञ्चल घिमिरे, समिप डंगोल र सौरभराज पराजुली रहेका छन्।

प्रतिक्रिया दिनुहोस्