सुस्मिता मिस युनिभर्सको निर्णायक



विश्व सुन्दरी तथा बलिउड नायिका सुस्मिता सेन आफ्नो दिलको कुरा खोल्नमा विश्वास गर्छिन्। हालै उनले खुलासा गरेकी छिन् कि उनी आगामि मिस युनिभर्स सौन्दर्य प्रतियोगितामा निर्णायक चुनिएकी छिन्।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार खास कुरा यो हो छ कि उनी वाइल्ड एट हार्ट क्याम्पेनमा पनि सहभागी हुनेछिन्। यो क्यँमपेन जंगल र त्यहाँको जीवजन्तुका लागि काम गरिरहेको छ। दुई मिनेटको सर्ट फिल्म आई एम द फरेस्टमा भारतको जंगल र त्यहाँ हुने जनावर देखाइने समाचारमा उल्लेख छ। यो फिल्मले जंगल र मानिसको कहिल्यै नटुट्ने सम्बन्धको बारेमा एक खास सन्देश दिने बताइएको छ। यो सन्देश कविताको रूपमा हर्षल सेटेले तयार गरेका हुन्।

सोसल एक्सेसका फाउन्डर लेन डिसुजाले सुस्मिता यस फिल्ममा खेल्नुको खास महत्त्व रहने बताए। ‘उनलाई जंगलको माया छ। उनको भावना बुझेर नै उनलाई यो क्याम्पेनमा सहभागी गराउन लागिएको हो’ –डिसुजाले भनेका छन्। डिसुजाले सुस्मिता राम्रो मानिसका साथसाथै जनावर र मानिसबीच सही विचार राख्ने र यसबारे खुलेर कुरा गर्ने बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्