माघी त्यारले सुदूरपश्चिमेली चेलीका बिलौना सुरु



विमल विष्ट डोटी, ११ माघ ।

‘नलाउनाखी डसिनो छ,न ओड्डाकी पाँखी’
‘मेरा त माईती नै छैन्, जन आयई माँघी’

हिजो आज डोटी सहित सुदूरपश्चिमको अन्य पहाडी जिल्लाहरुका महिला अर्थात बिबाह गरेर पराई घर गएका छोरी चेलीहरु प्राय बन पाखामा यस्तै गित गाउन बाध्य हुने गरेका छन् ।

सुदूरपश्चिममा माघी पर्वको रौनक सकिए संगै चेलीको त्यार सुरु भएपछि माईती घरमा आफन्त नभएका छोरी चेलीले प्राय यो गित गाउन थाल्दछन् । बिबाह गरेर अर्काको घरमा गएकी छोरी चेलीलाई बिभिन्न किसिमका परिकारहरु पकाएर दिने चलन लाई यहाँको स्थानिय भाषामा चेलीको त्यार अर्थात त्यारमाडो दिने भन्ने गर्दछन् ।

बिबाह गरेर अर्काको घर गएकी छोरीलाई माघ महिनामा माईती घरमा बोलायार होस वा उनकै घरमा गएर उक्त त्यार (त्यारमाडोे) दिने चलन रहेको डोटी रानागाउकी प्याटी सार्किले बताईन् ।

उनले भनिन् ‘आफुसंग परिकार भए हामी छोरीकै घरमा गएर तेरेमाडो दिन्छौ, नभए माईतीमा नै बोलायर एक छाक खुवायर पठाउछौ,माईतमा कोहि नभएका छोरी त रुयर दिन बिताउछन् ।’ आफनो माईती नभएका अर्थात आमा,बुवा,दाई,भाउजु नभएका छोरी चेली भने यो महिना लाई दुःखको महिना सम्झेर रुने गर्दछन् ।

माईती पक्षका कोही नभएका छोरी चेलीहरु प्राय यो महिना भरी जंगलमा घाट काट्न जादा होस वा अन्य एकान्त ठाउमा गएर बिरहका गित गएरै बिताउने गरेको यहाँका कतिपय स्थानिय महिलाहरु बताउछन् । उता माईतीमा आफन्त भएका छोरी चेलीहरु कहिले माईती आउलान र तेरेमाडो ल्याउलान भन्ने पर्खाईमा बस्ने गरेको स्थानिय माधबी चन्दले बताईन् ।

उनले भनिन् ‘बिहान आगनमा काँग करायो भने माईती बाट कोही आउछन् की भन्ने आसले मन खुसि भएको हुन्छ,बेलुकी सम्म कोही आउदैन,अनि मन खिन्न हुन्छ, यस्तै छ छोरीको बेदना ।’ सुदूरपश्चिमका दुई जिल्ला कैलाली तथा कञ्चनपुर बाहेक अन्य जिल्लाहरु अछाम, बाजुरा, बझाङ, बैतडी, डडेल्धुरा तथा डोटीमा छोरीलाई त्यार दिने अर्थात तेरेमाडो दिने चलन परापुर्वकाल देखी चल्दै आएको छ । छोरी धनी होस वा गरीब त्यार अनिबार्य दिनै पर्ने हुन्छ ।

छोरीलाई दिईने त्यारमा सेल, मासलगाएको पुरी, सुदूरपश्चिमको प्रख्यात रोटी भुने (चामलको पिठोबाट बनेको) ,माडा लगायतका परिकार पकाएर छोरी पक्षका लाई करिब हप्तादिन पुग्ने गरी दिने चलन रहेको गैराकी स्थानिय गौरी देबी बलायरले बताईन् ।

उनले भनीन् ‘एक छोरीको घरमा हप्ता दिन पुग्ने गरी त्यार दिनु पर्छ कसै कसैका त ५/७ छोरी हुन्छन् उनिहरुलाई साह्रै समस्या भईहाल्छ न दिउ नहुने दिउ आफुलाई पछि खान पुग्दैन् ।’ डोटी लगायत यहाँका अन्य जिल्लामा छोरीलाई त्यारमाडो दिने चलन माघ महिनाभरी नै चल्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्