मानसिक रोगीको मृत्युदण्ड रोक्का



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानको एक अदालतले मानसिक रोग स्किजोफ्रनिक पीडित एक व्यक्तिको मृत्युदण्ड रोकेको छ। मानव अधिकारवादी समूहहरूले उनलाई नत्र आगामी साता मृत्युदण्ड दिने निर्णय भइसकेको जनाएका छन्।

आफ्नो सहकर्मी अधिकृतको हत्या गरेको अभियोगमा ५५ वर्षीय पूर्वप्रहरी अधिकारी खिजार हायातलाई सन् २००३ मा मृत्युदण्ड सुनाइएको थियो। तर लाहोर उच्च अदालतले अहिले सरकारलाई उनको स्वास्थ्यसम्बन्धी नयाँ निवेदन आगामी ३० जनवरीभित्र पेश गर्न आदेश दिएको छ।

हायातकी माता इकवाल वानोले आफ्नो छोरोलाई मृत्युदण्ड नभइ उपचारको जरुरत रहेको एसोसियटेड प्रेसलाई बताएकी छिन्। अधिकारवादी समूह जस्टिस प्रोजेक्टपाकिस्तान (जेपीपी) ले यही रोगबाट पीडित तथा मृत्युदण्ड कुरेर बसेका अर्का वन्दि इम्दाद अलीको मुद्दामाथि पनि अदलतले रुलिंग गर्ने निर्णय गरेको जनाएको छ।

सर्वोच्च अदालतले गतवर्ष अलिको मृत्युदण्ड रोकेर उनलाई सो कारवाही गर्न उनको स्वास्थ्यस्थिति ठीक छ वा छैन भन्ने निर्णयका लागि एउटा आयोग गठन गरेको थियो। उनको भाग्यको फैसला कहिले हुने हो स्पष्ट भएको छैन। जेपीपीका अनुसार सन् २०१६ को मे महिनामा अदालतले खिजार साइकोसिस र स्किजोफ्रनियाबाट पीडित रहेको निक्र्यौल गर्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्