पुटिनसँग शिखरवार्ता ट्रम्पको योजना



लन्डन, (एजेन्सी)
अमेरिकी राष्ट्रपतिमा निर्वाचति डोनाल्ड ट्रम्पले आपूm अमेरिकी राष्ट्रपतिका रूपमा पदीय दायित्वमा आएपछि आइसल्यान्डमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ताको आयोजना गर्ने बताएको सन्डे टाइम्समा जनाएको छ।

अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेको केही हप्ताभित्रै आइसल्यान्डमा एउटा शिखर सम्मेलन गर्ने र त्यहीं वासिङ्टन र क्रेमलिनबीचको सम्बन्ध पुनस्र्थापित गर्ने विषयमा छलफल गर्ने योजना रहेको उक्त पत्रिकालाई बेलायतका एक जना वरिष्ठ अधिकारीले बताएका छन्। अधिकारीको नाम भने पत्रिकाले उल्लेख गरेको छैन।

१९८६ मा अमेरिकी र रुसबीच शीतयुद्ध जारी रहेको समयमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र तात्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोर्भाचोभको आइसल्यान्डको रिक्ज्याभिकमा भएको बैठकपछि ती दुई देशका उच्च पदस्थ नेताहरूबीच हुने यो पहिलो भेटवार्ता हुनेछ।

सन्डे टाइम्सले उक्त स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ– ‘मस्कोले ट्रम्प र पुटिनबीच हुने प्रस्तावित सम्मेलनबारे सहमति जनाइसकेको छ।’ आइसल्यान्डले सम्मेलनबारे आपूmलाई जानकारी नभएको जनाएको छ तर मस्को र वासिङ्टनबीचको सम्बन्ध सुधार गर्न सहयोगी भूमिका खेल्ने सम्मेलनको आयोजना गर्न भने आपूm इच्छुक रहेको बताएको छ।

आइसल्यान्डका विदेशीमन्त्री गुडलाइजर डोर जोर्डासनले भने– ‘आइसल्यान्ड सरकारलाई यस विषयमा कुनै जानकारी आएको छैन। यदि वासिङ्टनले रेक्ज्याविकमा सम्मेलन गर्ने औपचारिक आग्रह आएमा आइसल्यान्ड सरकार सम्मेलनको आयोजना गर्न तयार रहनेछ।’

ट्रम्पले रसियाली नेता पुटिनको प्रशंसा गर्दै आए पनि पछिल्लो समयमा अमेरिकी गुप्तचर निकायले अमेरिकी चुनावको समयमा इमेल सार्वजनिक गरी चुनाव प्रभावित पार्न खाजेको रसियामाथि लगाएको आरोपलाई स्वीकारेका थिए।
‘द वाल सस्ट्रत जर्नल’लाई शुक्रबार दिएको अन्तवार्तामा साइबर हमलामा दोषी भन्दै रसियामाथि अमेरिकी प्रशासनद्वारा लगाइएको नाकाबन्दी पनि हटाउन सक्ने बताए। तर ट्रम्पले रुसले अमेरिकाको मुख्य आक्रमणको निसाना बनेको जिहादी समूहमाथिको कारबाहीमा सहयोग गर्नुपर्ने पनि बताए।

शपथ ग्रहण अभ्यासको तयारी
अमेरिकाका ४५औं राष्ट्रपति पदको औपचारिक शपथ ग्रहण आउन अब पाँच दिन मात्र बाँकी छ। यसै दिन निवर्तमान तथा नवनिर्वाचित राष्ट्रपतिबीच शान्तिपूर्ण सत्ता हस्तान्तरणसँगै बरबुझारथ कार्यक्रम पनि हुनेछ। जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदको शपथ ग्रहण गर्नेछन्।

शपथ ग्रहण समारोहका सबै कार्यक्रममा कुनै पनि व्यवधान आउन नदिन र कार्यक्रमलाईसहज ढंगबाट सम्पन्न बनाउन आइतबार उक्त कार्यक्रमको रिहर्सल भएको छ। नवनिर्र्वािचत राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति माइक पेन्सलगायत अन्य विशिष्ट व्यक्तिहरू वासिङ्टन डीसीको क्यापिटोल हिल अमेरिकी कंग्रेसको मुख्यालय क्यापिटोलमा पोसाक अभ्यास (ड्रेस रिहर्सल) कार्यक्रममा सरिक भएका छन्।

यस रिहर्सल शपथ ग्रहण कार्यक्रममा आयोजकहरूले एकजना विशेष व्यक्तिलाई पनि निम्तो दिएका छन्। कार्यक्रम अवधिभर उनी राष्ट्रपति बाराक ओबामाको भूमिकामा प्रस्तुत हुने जनाइएको छ। वर्तमान राष्ट्रपति बाराक ओबामाको अनुहार, उचाइ, तौल, छालाको रंग, हाउभाउ, चालढाल, बोलिचालीसँग दुरुस्तै मिल्ने भएकाले नर्थक्यारोलिना निवासी अमेरिकी सेनामा सर्जेन्ट २६ वर्षीय ती युवकलाई आयोजकहरूले चयन गरेका हुन्।

आयोजकहरूले ती युवकलाई आफ्नो भूमिका निर्वाह गर्न चयन गरेको राष्ट्रपति ओबामाले केही दिनअघि थाहा पाएपछि ‘यसको कान त मेरो जत्रो ठूलो रहेनछ नि’ भनी ठट्टा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्