एनएमबि बैंकद्वारा ट्राफिक प्रहरीलाई ड्रोन प्रदान



काठमाडौं, (नेस)
एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ड्रोन प्रदान गरेको छ।

यसबाट महानगरीय ट्राफिक प्रहरीको प्राविधिक क्षमता अभिवृद्धिमा थप सहयोग पुग्न जाने बैंकले विश्वास लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखामा आयोजित एक कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले उक्त ड्रोन प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई हस्तान्तरण गर्नु भएको थियो।

हस्तान्तरण कार्यक्रममा महानगरीय ट्राफिकद्वारा सो ड्रोनको परीक्षण उडान पनि गरिएको थियो।

सो समारोहलाई सम्बोधन गर्दै पौडेलले महानगरीय ट्राफिक प्रहरीद्वारा ट्राफिक व्यवस्थापनको क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गर्दै भन्नुभयो–‘ट्राफिक प्रहरीले ट्राफिक नियम र प्रणालीलाई अन्तर्राष्ट्रिय मूल्य मान्यता अनुरूप सुदृढ बनाउन गरेको प्रयासमा यो ड्रोनबाट थप सहायता पुग्ने विश्वास बैंकले लिएको छ। ’

प्रतिक्रिया दिनुहोस्