सञ्जयको छोरी बन्न मानिनन् आलिया



बलिउड अभिनेता सञ्जय दत्त जेलयात्रा पछि अब फेरि फिल्ममा फर्कने भएका छन्। उनको कुनै पनि फिल्म आजसम्म शुरू भएको छैनन््, तर केही फिल्मको योजना बनेका छन्। यसै क्रममा उनले भूमि नामक फिल्म खेल्नका लागि ओके गरेका छन्। यो फिल्म बाबु र छोरीको सम्बन्धमा आधारित रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यस फिल्मलाई उमंग कुमारले निर्माण गर्न लागेका हुन्। यस समयमा आलिया भट्ट चलेको नाम बनेकी छिन्। समाचारमा जनाइएअनुसार सञ्जयको छोरीको भूमिकाका लागि आलियालाई अफर गरिएको थियो। आलियाले भने यो अफरलाई सिधै अस्वीकार गरेको समाचारमा उल्लेख छ।

अलियालाई मनाउन अभिनेता दत्तले करण जौहरमार्फत दबाब दिएको समेत समाचारमा उल्लेख छ। किनभने आलिया सारा कुराको निर्णय करणसँग सोधेर मात्र गर्ने गर्छिन्। भनिन्छ कि करणले आलियालाई मनाउने धेरै कोसिस गरे तर आलियाले मानिनन्। सञ्जयले आलियाका पिता महेश भट्टसँग नाम, कब्जा, सडकजस्ता फिल्ममा काम गरेका छन्। यस हिसाबले भट्टसँग सञ्जयको सम्बन्ध पुरानो हो। यही सम्बन्धको उपयोग गर्दै सञ्जयले आलियासम्म अफर पुर्याए पनि नजिता उनले सोचेजस्तो आएन। आलियाले कम उमेरमै धेरै सफलता हासिल रिसकेकी छिन्। उनीसँग हरेक साना ठूला निर्माताहरू काम गर्न चाहन्छन्।

उनलाई दिनैजस्तो फिल्मको अफर आइरहेको हुन्छ। आलिया आफ्नो सफलताको रफ्तार यसै गरी कायम राख्न चाहन्छिन्। उनलाई थाहा छ कि भूमि सञ्जयको कम ब्याक मुभि हो र सबैको फोकस सञ्जयमा हुनेछ। यस फिल्ममा आलियाको रोल छोटो पनि हुन सक्नेछ। त्यही कारण उनले जोखिम मोल्न नचाहेको र सञ्जयको अफर अस्वीकार गरेको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्