लोकतान्त्रिक अपाङ्ग संघको जिल्ला अधिवेशन सम्पन्न



नेपाल समाचारपत्र
सिन्धुली
राष्ट्रिय लोकतान्त्रिक अपा· संघ, सिन्धुलीको प्रथम जिल्ला अधिवेशन मंगलबार सम्पन्न भएको छ। नेपाली कांग्रेस जिल्ला सभापति उज्ज्वल बरालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनले किरण आचार्यको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्य समिति पनि गठन गरेको छ।

गठन गरिएको कार्य समितिमा किरण आचार्य अध्यक्ष, अच्युत कोइराला सचिव, सरस्वती ढु·ाना कोषाध्यक्ष रहेका छन् भने सदस्यहरूमा सुरेन्द्र कोइराला, ठगेन्द्रप्रसाद बखे्रल, नेत्रबहादुर गुरुङ, फत्तबहादुर गुरुङ, कृष्णबहादुर पाख्रिन, गंगामाया श्रेष्ठ, शिव पहाडी, अञ्जु लामिछाने, शिशिर गिरी र हरिमाया गौतम रहेका छन्।

साथै जिल्ला अधिवेशनबाट राष्ट्रिय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधीहरू पनि छनोट गरिएको छ। छनोट भएका महाधिवेशन प्रतिनिधिहरूमा क्षेत्र नम्बर १ बाट शिव पहाडी र हरिमाया गौतम, क्षेत्र नम्बर २ बाट अच्युत कोइराला र सोनिका ढकाल तथा क्षेत्र नम्बर ३ बाट नवराज नेपाल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्