भोलि विदा दिन सांसदहरुको माग



काठमाडौं, २६ पुस ।
भोलि पुस २७ गते अर्थात पृथ्वी जयन्ती । यो दिनलाई राष्ट्रिय एकता दिवस मानेर सार्वजनिक विदा दिन सांसदहरुले माग गरिएको छ ।

व्यवस्थापिका संसदको मंगलवारको बैठकमा सुन्य समयमा बोल्दै एमाले सांसदहरुले पृथ्वी नारायण शाहको योगदानलाई स्मरण गर्न राज्यले सार्वजनिक विदा दिनुपर्ने माग गरेका हुन् ।

एमाले सांसद प्रकाश ज्वाला, पुरुषोत्तम पौडेल लगायतले नेपाल राष्ट्र एकीकरणको उनको योगदान भुल्न नहुने बताए ।

यसअघि राप्रपा र नेपाली कांग्रेसका केही सांसदले पनि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकताका दिवस मानेर पुस २७ गते विदा दिन माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्