संशोधन प्रस्ताब पारित हुन्छः उपप्रधानमन्त्री निधि



ललितपुर, २५ पुस । विपक्षीको अबरोधकाबीच आइतबार संसदमा सरकारले टेबल गरेको संबिधान संशोधन सम्बन्धी प्रस्ताब पारित हुने उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले ठोकुवा गर्नुभयो ।

“संसदमा टेबल भएको बिषयमा अब छलफल अघि बढ्छ ।” गृहमन्त्री निधिले भन्नुभयो “ समाधान निकाल्ने थलो नै संसद हो ।” संबिधान संशोधनका बिषयमा कसैका मतभिन्नता छन् भने त्यसबारे छलफल गर्न सकिने उहाँको भनाई छ ।

ललितपुरको बज्रबाराही नगरपालिकाको तेस्रो नगर परिषद्को सोमबार उद्घाटन गर्दै गृहमन्त्री निधिले सिंहदरबारमा केन्द्रित रहेको शक्ति स्थानीय निकायमा ल्याउनका लागि नै संघीयताको अबधारणा ल्याइएको उल्लेख गर्नुभयो ।

नयाँ संबिधान कार्यान्वयनका लागि २०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व भएको सो कार्यक्रममा बताउनुभयो ।

गृहमन्त्री निधिले सरकारले अब छिट्टै स्थानीय निकायको निर्बाचनको मिति घोषणा गर्ने बताउँदै चुनाबको तयारीमा जुट्न आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्