मधेसीलाई संविधानको धारमा ल्याउन संविधान संशोधन प्रस्तावः नेता पुन



(अनिल खत्री)/ गुल्मी, पुस २५ ।
नेकपा माओबादी केन्द्रका सचिव वर्षमान पुनले मधेसीलाई संविधानको धारमा ल्याउन संविधान संशोधन प्रस्ताव ल्याएको बताए । नेता पुनले सोमबार प्रेस सेन्टर गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा संविधानको स्वीकार्यता बढाउनु र निर्वाचनमा जानु मुख्य उदेश्यले  संविधान संशोधनको प्रस्ताव ल्याएको बताए ।

पूर्व अर्थमन्त्री समेत रहेका नेता पुनले सरकारले मधेसीदलहरुलाई संविधानको धारमा ल्याएर स्वीकार्यता बढाउनको लागी पनि संशोधन प्रस्ताव ल्याएको बताए । उनले सरकारले संसदमा पेस गरेको संशोधनको प्रस्तावले सरकार र प्रतिपक्षको दुरी घटने दाबी गरे । नेता पुनले सरकार संसदमा पेस भएको प्रस्ताव पास गर्न लाग्ने र प्रतिपक्षले यसलाई फेल गर्न लाग्ने स्वाभाबिक रहेको बताए ।

संशोधन प्रस्ताव पास गराएर सबै दल स्थानिय तहको निर्वाचनमा गए संबिधानको कार्याव्यन पनि अघि बढेने उनको भनाइ छ । नेता पुनले अब संबिधान निर्माणका सहयात्री दलहरु सबै एकठाउँमा उभिएर निर्वाचनमा जानुको बिकल्प नरहेको बताए । आउँदो बैशाखको अन्तिम सम्म हुनेगरि स्थानिय तहको निर्वाचनको मितितय हुने बताए । उनले सरकारले ल्याएको संबिधान संशोधन प्रस्ताव प्रक्रियाबाट टुङ्गिने र निर्वाचनमा जाने बातावारण बन्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्