टेलिकमको एमएसएजी एक्सचेन्जको उद्घाटन



काठमाडौं, (नेस)
सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले पोखरा उपमहानगरपालिकास्थित छिनेडाँडामा नेपाल टेलिकमको एमएसएजी एक्सचेन्जको उद्घाटन गर्नुभयो। उहाँले पु्म्दी भुम्दीका स्थानीय राजु क्षेत्रीलाई टेलिफोन तथा इन्टरनेटमा भिडियो प्ले गरी उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले पोखरा नगरलाई स्मार्ट सिटी बनाउने कार्यमा नेपाल टेलिकममार्फत् सरकारले सहयोग गर्ने बताउनुभयो। नेपाल टेलिकमसँग बलियो पूर्वाधार र दक्ष जनशक्ति भएको र कर्मचारीलाई प्रोत्साहित गरेमा राम्रो परिणाम आउनसक्ने बताउनुभयो।

अवसरमा संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले उक्त क्षेत्रमा छोटो समयमा टेलिफोन सेवा वितरण गर्ने व्यवस्था मिलाएकोमा नेपाल टेलिकमलाई धन्यवाद दिनुभयो

उक्त अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल टेलिकम व्यावसायिक संस्था मात्र नभएर सामाजिक उत्तरदायित्व बहन गर्दै देशको आर्थिक, सामाजिक क्षेत्रमा समेत योगदान गर्ने कम्पनी भएको बताउनु भयो। उहाँले एक्सचेञ्जको उद्घाटनका अवसरमा ५० रुपियाँ बराबरको टक भ्यालु रहेको निःशुल्क सिम वितरण गरिएको समेत जानकारी दिनुभयो।

सो एक्सचेञ्जको क्षमता ७३६ लाइन रहेको तथा माग अनुरुप लाइन थप गर्दै लान सकिने सुविधा रहेको छ। सो एक्सचेञ्जबाट हाललाई टेलिफोन, इन्टरनेट तथा फ्याक्स सुविधा लिन सकिने र त्यसपछि आवश्यकता अनुसार टेलिभिजन तथा मल्टिमिडियाको सुविधा पनि लिन सकिने नेपाल टेलिकमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्