देउलालाई मानवअधिकार सम्मान



हेटौंडा,(नेस)
एमनेष्टी इन्टरनेसनल नेपाल समूह ६७ हेटौंडाको १७ औं वार्षिक साधारणसभा भएको छ । सभामा इन्द्रबहादुर श्रेष्ठ स्मृति मानवअधिकार सम्मान÷पुरस्कारबाट अधिवक्ता रामकृष्ण देउलालाई शनिबार सम्मान गरिएको छ ।
सांसद् अनन्त पौडेलले देउलालाई खादा ओढाएर सम्मानपत्र प्रदान गरे ।

देउलालाई एमनेष्टी इन्टरनेसनल समूह हेटौंडा संयोजक ह्यग्रीव आचार्यले नगद पा“च हजार प्रदान गरेका थिए । एमनेष्टी इन्टरनेसनल नेपाल समूह ६७ हेटौंडाका संस्थापक संयोजक श्रेष्ठको नाममा स्थापित पुरस्कार हरेक वार्षिक साधारणसभामा प्रदान गरिने बताइएको छ । कार्यक्रममा सांसद् पौडेलले नेपालमा राजनीतिक आवरणमा दण्डहीनता कायम रहनु दुःखद् रहेको बताए ।

मानवअधिकार प्रवद्र्धन गर्न एमनेष्टीको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले थप सक्रिय हुन आग्रह गरे । कार्यक्रममा एमनेष्टी इन्टरनेसनल नेपालका केन्द्रीय सदस्य सुरेश अर्यालको विशेष आतिथ्यता थियो ।

एमनेष्टी इन्टरनेसनल समूह हेटौंडाका पूर्वसंयोजक जीवनकाजी माकजुश्रेष्ठले १५ हजार दिने घोषणा गरेको पुरस्कार अक्षयकोषमा सांसद् पौडेलले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्