दिउँसो तीन बजेसम्मका लागि संसद बैठक स्थगित



काठमाडौं, २४ पुस ।
आइतबार बसेको व्यवस्थापिका संसदको बैठक दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको छ । पूर्वसांसद मणिराम पोखरेलको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित भएको हो ।

आज बस्ने बैठकमा सरकारले संविधान संशोधन विधेयक टेबुल गर्ने तयारी गरेको छ । सभामुख ओनसरी घर्तीमगर भने अहिले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफलमा व्यस्त हुनुहुन्छ।

तर, नेकपा एमाले लगायतका प्रतिपक्षी ९ दलले भने संशोधन फिर्ता नलिएसम्म संसद चल्न नदिने अडानलाई कायमै राख्ने आज बसेको बैठकले निर्णय गरेको छ ।

सहमतिको प्रयासमा सभामुख घर्तीमगरसहित कांग्रेस, एमाले, माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक बसीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्