लोकमानको बहस आज सकिँदै, आदेश पनि आजै आउने



काठमाडौं, २४ पुस ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीको योग्यतासम्वन्धी मुद्दाको बहस आज सकिँदैछ।

ईश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलसिंहको पूर्ण इजलासमा भखरै बहस सुरु भएको छ । भने बहस बेलुकासम्म लम्बिन सक्ने सर्बाेच्च अदालतले जनाएको छ ।

लोकमानकोतर्फबाट बहस सकिएपछि अहिले रिट निवेदकको तर्फबाट जवाफी बहस हुँदै छ। रिट निवेदकको तर्फबाट शम्भु थापा, सुरेन्द्र भण्डारी लगायतले जवाफी बहस गर्दैछन् ।

उनीहरुले बहस गरेपछि कार्कीको मुद्दामा आजै बहस सकिने र आदेश पनि आजै आउन सक्ने छ । कार्की अख्तियारको प्रमुखमा नियुक्तिका लागि योग्यता नपुग्ने भन्दै अधिबक्ता ओम प्रकाश अर्यालले सर्वोच्चमा रिट हालेका थिए।

प्रतिक्रिया दिनुहोस्