डोटीमा धरापमा परेको चितुवा निकुञ्जलाई बुझाईयो



SONY DSC

डोटी,बिहिबार डोटीको कपल्लेकी गाबिस ५ स्थित तिछडामा स्थानिय दिलबहादुर नागरीले थापेको धराप (पासो) मा परेको जंगली चितुवालाई सकुसल उद्दार गरी बर्दिया राष्ट्रिय निकुञ्जलाई आज शुक्रबार हस्तान्तरण गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज बाट पशुचिकित्सक चित्रबहादुर खड्काको नेतृत्वमा आएको टोलीले धरापमा फसेको चितुवालाई सकुसल उद्दार गरी जिल्ला बन कार्यालय डोटीलाई बुझाएको थियो ।

जिल्ला बन कार्यालय डोटीका प्रमुख बद्रिकुमार कार्किले धरापमा फसेको चितुवालाई पशुचिकित्सकको टोलीले सकुसल उद्दार गरी बन कार्यालय लाई बुझाएको र बन कार्यालयले केही उपचार गरेर निकुञ्जलाई हस्तान्तरण गरेको बताउनु भयो । उहाँले भन्नु भयो ‘धरापमा परेर चितुवा केही घाईते भएको थियो,टोलीले हामीलाई बुझाए हामीले यहाँ केही औषधी गरेर निकुञ्जलाई हस्तान्तरण गरिदियौ ।’ उता बर्दिया राष्ट्रिय निकुञ्ज बाट आएका पशु चिकित्सक चित्रबहादुर खड्काले धरापमा परेको चितुवाको उद्दार गर्नमा निकै कठिनाई भएको बताउनु भयो ।

उहाँले भन्नु भयो ‘धरापमा परेकोले चितुवा निकै आक्रामक थियो,त्यसैमा रातीको समय बेहोस गर्न नसकिएपछि हामीले डाँट प्रबिधिमार्फत बेहोस बनायौ र उद्दार गर्न सफल भयौ ।’ डोटी लगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पछिल्लो समय जंगल चितुवाले निकै आतंक फैलाउन थालेको स्थानियबासीहरु बताउछन् । क्षेत्रीय सदरमुकाम दिपायलमा गएको बैसाक पहिलो साता चितुवाले आक्रमण गर्दा एकजना भारतिय नागरिकको ज्यान गएको थियो भने बैतडीमा दजर्नौ लाई चितुवाले आक्रमण गरेर ज्यान लिई सकेको छ ।

प्रतिक्रिया दिनुहोस्