एक सातादेखि हराए आमाछोरी



हेटौंडा,(नेस)। मकवानपुरको पालुङ ओखरबजारकी एक महिला छोरीसहित एक सातादेखि हराइरहेकी छन् । ओखरबजारबाट काठमाडौं जान हि“डेकी मंगलदेवी प्रधान हराएकी हुन् ।

बोल्न नसक्ने करिब ४७ वर्षकी प्रधान छोरीलाई दहीचिउरा खुवाउन काठमाडौंको मातातीर्थ जान बस चढेकी थिइन् । यात्रुका अनुसार प्रधान नागढुंगामा ओर्लिएकी थिइन् । महिलाको साथमा सानी छोरी रहेको परिवारले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्