प्रधानमन्त्री–सभामुखबीच भेटवार्ता



काठमाडौं, (नेस)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख ओनसरी घर्तीबीच भेटवार्ता भएको छ।

सो भेटमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सहमति निर्माण गरेर संसद् सुचारु गर्नुपर्ने आग्रह गर्नुभएको छ। उहाँले एक महिनादेखि अवरुद्ध भएको संसद् सुचारु गर्न प्रधानमन्त्रीले सहमति निर्माणमा जुटनुपर्ने बताउनुभएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले सहमति निर्माणका लागि आफूले भूमिका खेल्ने बताउनुभएको थियो। राजनीतिक दलहरूका बीचमा सहमति हुने वातावरण सृजना भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले संसद् बैठक बस्नुअघि नै सहमति हुने विश्वास सभामुखलाई दिलाएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले बताउनुभयो। उहाँकाअनुसार प्रचण्डले सहमति निर्माणका लागि सभामुखले खेलेको भूमिकाको प्रसंसासमेत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्