अवरुद्ध संसद खुलाउन सभामुखद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण



काठमाडौं, २० पुस ।

अवरुद्ध संसद खलाउन सभामुख ओनसरी घर्ती मगरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउनु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको भेटमा सभामुख घर्तीले दलहरुबिच सहमति कायम गर्न ÷ गराउन प्रधानमन्त्री दाहाललाई यस्तो आग्रह गर्नुभएको हो ।

भेटमा सभामुख मगरले प्रधानमन्त्री दाहाललाई मुख्य भूमिका निभाउन समेत आग्रह गर्नुभयो । उहाँको सचिवालय स्रोतले दिएको जानकारी अनुसार सभामुख मगरले लगातार संसद बैठक अवरुद्ध हुँदै आएको र अबका दिनमा पनि अबरोध भए राजनीतिक संकट झन् गहिरिँदै जाने भन्दै संसद खुलाउन पहल गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गर्नु भएको हो।

जवाफमा प्रधानमन्त्री दाहालले सहमतिका लागि सभामुख घर्तीले थालेको पहललाई धन्यवाद दिँदै अब संसद बैठक अवरुद्ध नहुने आश्वासन दिनु भएको थियो । उहाँले संसद बैठक खुलाउन आफूले पहल गरिरहेको पनि बताउनुभयो ।

सभामुख ओनसरी घर्तीले राजनीतिक गतिरोध अन्त्यका लागि भन्दै मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली, नेता सुवासचन्द्र नेम्वाङ तथा कांग्रेस नेता रामचन्द्रपौडेलसँग छुट्टाछुट्टै भेटघाट गर्नु भएको थियो । सहमतिका लागि भन्दै सभामुखले मंगलबार दलहरुलाई २४ गतेसम्मको समय दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्