केरा व्यापारी मोइजे बने हाइटीका राष्ट्रपति



काठमाडौं, २० पुस । केरा व्यापार गर्दै आएका ४८ बर्षीय जोमेनेल मोइजेलाई आधिकारिक रुपमा हाइटीको राष्ट्रपति निर्वाचित भएको छ ।
उनले कुल मतमध्ये ५५। ६ प्रतिशत प्राप्त गरेर विजयी भएको बीबीसीले जनाएको छ । यो उनका निकटतम प्रतिद्वन्द्वी जुडे सेलिस्टनको भन्दा तेब्बर बढी मत हो । सेलिस्टनले १९।५ प्रतिशत मात्र मत ल्याएका थिए ।

त्यहाँका निर्वाचन अधिकारीहरुले कुनै प्रकारको धाँधलीको अस्वीकार गरेका छन् । यसअघि भएको चुनाव धाँधली भएको आरोप लागेपछि रद्द गरिएको थियो । गत फेब्रुअरी देखि अन्तरिम राष्ट्रपतिबाट देश चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्