अभिनय गर्दागर्दै कलाकारको मृत्यु



 

 

काठमाडौ,(नेस) । रंगकर्मी तथा अभिनेता विष्णुभक्त फुयालको निधन भएको छ। लामो समयदेखि रगकर्म गर्दै आएका कुशल अभिनेता फुयालको मगलबार साझ मात्र राष्ट्रिय नाचघरमा नाटकमा अभिनय गर्दागर्दै निधन भएको हो। उनले दर्जनौं नाटक र सिरीयलमा अभिनय गरी लोकप्रियता कमाएका थिए। पछिल्लोपटक उनी हास्य सिरीयल तितो सत्यको भूमिकाबाट लोकप्रिय थिए ।

प्रतिक्रिया दिनुहोस्