दामनमा पर्यो हिउँ



हेटौंडा,(नेस)/ मकवानपुरको उत्तरी भेगमा पर्ने दामन र सीमभञ्ज्याङमा बाक्लो हिउँ  परेको छ । स्थानीयका अनुसार आइतबार मध्यान्हदेखि हिउँ  पर्न थालेको हो ।

हिउँ  र असिनाका कारण त्रिभुवन राजपथमा सवारी आवागमन प्रभावित भएको स्थानीयले बताएका छन् ।
मौसम यस्तै रही रहे मंगलबारसम्म भारी हिमपात हुनसक्ने स्थानीयको अनुमान छ । हिउँ  परेसँगै स्थानीयहरु हिउँ  खेल्न र फोटो खिच्न आतुर देखिएका छन् ।
हिउँ  परेपछि दामन, सीमभञ्ज्याङ,चित्लाङ्, टिस्टुङ्, बज्रबाराही क्षेत्रमा अत्यधिक चिसो बढेको छ । चिसो बढेसँगै स्थानीयमा रुघा खोकीलगायत समस्या बढेको स्थानीले जानकारी दिएका छन्  । सोमबार चन्द्रागिरि आसपास हिउँ  परेको थियो  ।

प्रतिक्रिया दिनुहोस्