टाटाका नयाँ बस च्यासिस बजारमा



काठमाडौं, (नेस) टाटा मोटर्सको लागि नेपालको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नयाँ बस च्यासिस एयर सस्पेन्सनयुक्त एलपीओ १५१२⁄५५ बजारमा ल्याएको छ। १० दशमलव ७ मिटर लामो यस च्यासिस डिजेल इन्जिनको शक्तिले सम्पन्न रहेको कम्पनीले जनाएको छ। १३३ हर्स पावरको इन्जिन भएको यस वाइड बडी च्यासिस, एयर सस्पेन्सन अनि ४० रिक्लाइनिङ सिट जडित रहेको छ। उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेन्टी गर्ने यस च्यासिस सुरक्षाको दृष्टिकोणले पनि सर्वोत्कृष्ट कम्पनीको दाबी छ। एयर सस्पेन्सन युक्त एलपीओ च्यासिस, १०ः००–२०ः०० साइजको रेडियल टायर जस्ता विशेषताको कारण शहरभित्र र शहर बाहिरको सुरक्षित यात्राको लागि यस च्यासिस अति उपयोगी छ।

१३३ हर्स पावरको इन्जिन, ४९० न्युटन मिटरको टर्क, २५३ मिलिमिटरको क्लच प्लेट र जी–६०० गियर बक्स जस्ता विशेषताले अप्ठ्यारा, पहाडी क्षेत्रमा पनि सहज रूपले गाडीले भार बहन गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ। यसैगरी यस बसमा जी–६०० गियर बक्समा पनि ओभरड्राइभ विशेषता र ४१⁄७ अनुपातको क्राउन भएको कारण यस च्यासिसले कम इन्धनमा नै उच्च गति प्रदान गर्दछ। यस गाडीमा ३ वर्ष वा ३ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध रहेको कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्