नाइट क्लबमा भएको आक्रमणमा परी ३५ को मृत्यु



काठमाडौं, १७ पुस ।

टर्कीको इन्तानबुल सहरको एक नाइट क्लबमा आक्रमण हुँदा ३५ जनाको मृत्यु भएको छ । त्यस्तै आक्रमणमा परी कम्तिमा ४० जना घाइते भएका बीबीसीले जनाएको छ।

त्यहाँका गर्भनरले रेना नामक नाइट क्लबमा चरमपन्थीले आक्रमण गरेको बताएका छन्। नाइट क्लबमा सयौं मानिसहरु उपस्थित थिए। आक्रमण स्थानीय समय अनुसार रातको करिब साढे एक बजे भएको बताइएको छ।

समाचारका अनुसार हमलामा एकजना मात्रै हमलाकारी भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्