वाइफाइ र फोन सिग्नल एलर्जीको अनौठो पिडा



लन्डन,(एजेन्सी)
वेलायतकी एक महिलाले आफुलाई वाइफाइ र मोवाइल फोनको सिग्नलको एलर्जि भएकाले संधैका लागि घर भित्रै बस्नुपर्ने स्थिती आएको गुनासो गरेकी छिन् । आधुनिक प्रविधबाट आउने इलेक्ट्रोम्याग्नेटिक तरंगका कारण बेस्सरी टाउको दुख्न , थकान महशुस र संक्रमण सम्म हुन थालेपछि किम डिएटा नामक ति महिला परिवार र साथीभाइको सम्पर्कबाट टाढिन थालेकिछिन् ।

पुर्व नर्स तिनले कहिलेकाहिं घरबाट निस्कने क्रममा पनि टाउको पुरा छोपिने विशेष प्रकारको टोपि लगाउने गर्दछन् । त्यसमा पनि उनी मोवाइल फोन विरलै टिप्ने स्थनहरुमा मात्र जाने गरेकी छिन् । घर छेउ फोनको टावर निर्माण गरिएको कारण उनले दुईपटक घर फेरिसकेकी छिन् ।

अहिले उनी वशेष प्रकारको झुलभित्र सुत्ने गरेकी छिन् । उनले आफ्नो अति विद्युतिय संवेदनशिलतालाई बुझेपछि मानिसहरुले आफु प्रति धेरै सहानुभुति राख्ने आशा राखेकी छिन् । किमले दिक्क मान्द भनेकी छिन् , ‘ धेरैजसो समय मानिसहरु मलाई पागल ठान्छन् । तिनीहरुलाई पनि मेरै जस्तै समस्या भए पो तिनीहरुले मलाई बुझ्छन् । लामो समय देखि साथीभाइ र परिवारका सदस्यहरुलाई भेट्न पाएको छैन ।

प्रत्येक वर्ष दुइजना पाहुना त्यो पनि आधा दिनका लागि भेट्न पाएको छुं । यसले सार्है चित्त दुखने गरेको छ । म जान सकने भनेकै दुई स्थान क्रिउकेर्न वा लाइम रेगिस हुन् । मेरो नजिकका एक काकीलाई मैले यसै समस्याको कारण दश वर्ष सम्म भेट्न सकिन । तर तिनले यसको कारण बुझ्न सकिनन् । पहिला हामी निकै घनिष्ठ थियौं । मैले त सहनै सकिन , त्यतिवेला उनी ९१ वर्षकी थिइन् । टाउको अजिवको टोप लगाएर हिंड्दा म अजिवको देखिन्थे ।

जे होस मैले उनलाई त्यही उपाय अपनाएर एक दिन भेट्न गए । अर्को वर्ष त उनी बिती हालिन् । यदि एकचोटि भेट्न नगएको भए मैले जिवनभरि पश्चाताप गर्नुपथ्र्यो होला । ‘ १६ वर्षको उमेरमा साउथ लन्डनमा बसिरहेकोबेला उनलाई यो समस्या हुन थालेको थियो । टेलिभिजनको नजिक पर्ना साथ उनी बिरामी पर्ने गर्दथे ।

त्यसपष्छ स्टाफ नर्स भएर इन्टेन्सिभ केयर युनिटमा काम थाल्दा त उनलाई झनै कठिन हुन थाल्यो । कुनै पनिबेला सम्पर्कमा रहनका लागि उनले मोवाइल फोन बोक्नु पथ्र्यो त्यसबेला । उनले फोन कानमा राख्ना साथ आफुलाई शरिर भित्रै लेसर छिरेको जस्तो महशुस हुने गरेको स्मरण गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्