गुप्तांग वरपरका रौं हटाउनु खतरनाक



वासिंगटन,(एजेन्सी)
आफ्नो गुप्तांग वरपरका रौंहरु छाट्ने वा सफाचट गर्ने महिला तथा पुरुषहरुलाई अन्यलाई भन्दा यौन संक्रमण रोग ( एसटिआइ ) सर्ने खतरा धेरै हुने अनुसन्धानले देखाएको छ । चिकित्सकहरुले यसरी रौं छाट्दा वा खौरिंदा छालामा हुने सानो मात्र घाउलेपनि सजिलै शरिरमा संक्रमण गराउन सक्ने बताएका छन् ।
साथै चिकित्सकहरुले विशेषगरी यसरी रौं सफागर्नमा धेरै ध्यान दिनेहरु यौन कार्यमा पनि धेरै सक्रिय हुने बताएका छन् । वास्तवमा एसटिआइ असुरक्षित यौन र यौनांगको सम्पर्कको कारण सर्ने गर्दछ । सात हजार पाँच सयजना भन्दा बढि वयस्क अमेरिकीहरु माथि यौन संक्रमित रोगहरुबारे गरिएको सर्भेक्षणबाट विशेषज्ञहरुले यो तथ्य पत्ता लगाएका हुन् ।

सान फ्रान्सिस्कोको युनिभर्सिटी अफ क्यालिफोर्नियाका डाक्टरहरुको नेतृत्वमा तयार पारिएको प्रतिवेदनमा यसरी रौं हटाइदा आँखाले नदेख्ने छालामा हुने अत्यन्तै सानो चिरा र यस्ता व्यक्तिहरु थुप्रै यौन साथीहरुका सम्पर्कमा रहने कारण यौन संक्रमित रोग लाग्ने संभावना धेरै हुने उललेख गरिएको छ ।
पुरुषहरुले यस्तो काममा विद्युतिय रेजर र महिलाहरुले रेजर प्रयोग गर्ने गरेको पाइएको छ । करिव २० प्रतिशत महिला तथा पुरुषले भने कैंची प्रयोग गर्ने गरेको अध्ययनले पत्ता लगाएको छ । चिकितसकहरुले सुरक्षाको खातिर यसरी रौं काट्ने वा खौरिने महिला तथा पुरुषलाई चोटपटक पुर्णतया निको नहुन्जेल केहि दिन यौन कार्यमा संलग्न नरहन सल्लाह दिएका छन् ।

उक्त सर्भेक्षणमा सरिक मध्ये झण्डै ७५ प्रतिशतले विगतमा संवेदनशिल वरपरका रौं काट्ने गरेको स्विकारेका छन् । ८४ प्रतिशत महिला र ६६ प्रतिशत पुरुषले रौं छाटेको , खौरेको वा वाएक्स गरेको स्विकारेका छन् । ति मधये पनि १७ प्रतिशतले प्रत्येक महिना सम्पुर्ण रौं हटाउने गरेको बताएका छन् ।

२२ प्रतिशतले भने सो कार्य नियमित वा साप्ताहिक रुपमा गर्ने गरेको बताएका छन् । तर यसरी रौं हटाइँदा जुम्रा पर्ने संभावना भने नरहेको बताइएको छ । यौन संक्रमित रोगहरुमा भिरिंगी , गनौरिया आदि पर्दछन् ।

महिला तथा पुरुष दुवैसंग यौन सम्पर्क राख्नेहरुलाई यस्तो रोग लाग्ने संभावना धेरै रहेको हुन्छ । अधिकांश यस्ता रोगको उपचार गर्न सकिन्छ । अझ रोगा लागेको शुरुकै अवस्थामा उचार गरिंदा बढि फाइदा हुन्छ । राम्ररी कन्डम प्रयोग गरी यौनसम्पर्क राख्दा यस्ता रोगबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्