चरा वर्गलाई स्वागत गर्दै मनाइयो तमु ल्होसार (फोटोफिचर)



6’Fl8v]ndf td’ Nxf];f/ …td’ Nxf];f/Ú kj{sf] cj;/df z’qmaf/ 6’Fl8v]ndf cfof]lht sfo{qmddf ;xefuL u’?ª ;d’bfo . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर काठमाडौंमा ‘तमु ल्होसार’ पर्व मनाएको छ । शुक्रबार टुँडिखेलमा विशेष कार्यक्रम गरि उपत्यका गुरूङ समुदायले यस वर्षको ल्होसार मनाएका हुन् । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत प्रमुख दलका शीर्ष नेताको सहभागिता रहेको थियो ।

स्वदेश तथा विदेशमा रहेका तमु अर्थात् गुरुङ समुदायले ल्होसार अर्थात् नयाँ बर्ष हर्षोल्लासका साथ मनाइरहेका छन् । काठमाडौंमा बसोबास गर्ने तमु समुदायले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरी मनाउँछन् ।

ल्होसारको दिन पूजापाठ, भोजभतेर, नाचगान तथा नाता कुटुम्बलाई भेटेर शुभकामना आदानप्रदान गरिन्छ । तमु पात्रोमा १२ वटा वर्ग अर्थात् बर्ष हुन्छन् । वर्षहरुको नाम बिभिन्न जनावरको नामबाट राखिएको हुन्छ । यस पर्वका अवसरमा शुक्रबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

तमु संस्कृतिअनुसार चरालाई शान्तिको प्रतीक मानिने भएकाले पुस १५ गते शुक्रबारदेखि शान्तिमय समय सुरु भएको खुसीयालीमा सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवम् नाचगान गरेर यो पर्व मनाएको छ ।

तस्बिरः रासस ।

प्रतिक्रिया दिनुहोस्