१ हजार ३ सय ६९ महिला साक्षर



;fIf/ x’Fb} s~rgk’/sf u|fdL0f dlxnf . tl:a/ M /fh]Gb|k|;fb kg]?, /f;;, s~rgk’/

गुल्मी, (नेस) गुल्मीमा १७ सय १३ महिला साक्षर भएका छन्। नेपालमा यूएसआईडीको व्यावसायीक साक्षर कार्यक्रमअन्तर्गत महिलाले साक्षरतासहित व्यवसायी सीपसमेत सिकेका छन्। जिल्लामा १८ महिनासम्म सञ्चालन भएको उक्त कार्यक्रमबाट १५ वटा गाविसमा सञ्चालनमा आएको थियो। जिल्लाका विभिन्न गाविसमा आफ्नो कार्यक्रम सम्पन्न गरेको अवसरमा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गर्दै कार्यक्रम समापन भएको जनाएको छ। नेपालमा खाद्यान्न संकट तथा गरिबी न्यूनीकरण गर्ने र पोषणको अवस्थामा सुधार गर्ने राष्ट्रिय उद्देश्यले कार्यक्रम शरू गरिएको थियो।

यूएसआईडीको आर्थिक सहयोग र डिप्रोक्स नेपालको सहकार्यमा सञ्चालनमा आएको कार्यक्रमबाट ठुलोलुम्पेकबाट १ सय ९१, थानपातिबाट ७७, रुरुबाट ८५, हर्मिचौरबाट ८१, हरेवाबाट ५३, हर्दिनेटाबाट ५३, ग्वादीबाट ७८, गौंडाकोटबाट ८०, दिगामबाट ८०, विश्वखर्कबाट ८३, वीरवासबाट १ सय ४२, अश्लेवाबाट ८१ र अरबेनीबाट ८८ जना सहभागी भई व्यावसायिक साक्षरता भएको उक्त कार्यक्रमकी प्रमुख ओमकुमारी भट्टले जानकारी दिइन।

तालिमबाट साक्षरतासँगै पोषण शिक्षामा प्राप्त जानकारी खानपान सुधार, जीवन उपयोगी सीपबाट जीवनमा आइपर्ने समस्याहरू समाधान गर्न उपायहरू, आम्दानी खर्च हिसाब राख्न सक्नेलगायतका महत्त्वपूर्ण विषयवस्तुमा सुधार ल्याएको भट्टको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्