जँड्याहा आमाको बच्चा कारमा अलपत्र



डेनभर,(एजेन्सी) रक्सीको दुव्र्यसनमा परेकी एकजना अमेरिकी महिलाले आफ्नो फुच्चे छोरोलाई घन्टौंसम्म चिसो कारमा छाडेर आफु चाहिं एउटा वारमा गएर भोड्का पिएर बसेको कोलराडोका प्रहरीले जनाएको छ। थोर्नटन प्रहरीले १४ घन्टा सम्म २ वर्षिय छोरोलाई शरिर नै हिंउले खाने गरी त्यसरी कारमा अलपत्र छोडेको आरोपमा २६ वर्षिया जँड्याहा आमा निकोल कार्मोनलाई पत्रराउा गरेको बताएको छ।

बाल उत्पीडनको अभियोगमा एडम्स कारागारमा थुनिएकी उनको जमानत रकम अदालतले ५० हजार अमेरिकी डलर तोकेको छ। ति बालकका पिताले आफ्नो छोरालाई पनि हिरासत बाल संरक्षण सेवा गृहमा नै बस्ने बन्दोवस्त मिलाउनका लागि अदालतमा याचिका पत्र दायर गर्ने योजना रहेको बताएका छन्।

कार्मोनकी अर्की ठुली छोरीलाई सो गृह समक्ष जिम्मा लगाई सकेको छ। एकजना वेवी सिटरको गुनासो पछि कार्मोन माथि प्रहरीले कारवाही चलाएको हो। ति वेवी सिटरले कार्मोनले आफुलाई उका सन्तानको हेरचाह गर्न नदिएको उजुरी गरेकी थिइन्।

प्रहरीले तत्काल कार्मोनको फार्ड फ्युजन कारको खोजि गर्दा त्यसलाई हिउँले पुरिएको अवस्थामा फेला पारेको थियो। डाक्टरले तत्मकल अस्पताल लगिएका बालकका ेखुटा काट्नु पर्ने स्थिती पनि आउन सक्ने बताएका छन्। कार्मोनले प्रहरी समक्ष आफ्नो पिउने कुलत स्विकारेकी छिन्।

प्रतिक्रिया दिनुहोस्