दुई करोड ५० लाखको लागतमा होटल



काँकडभिट्टा , १३ पुस । झापाको बाहुनडाँगीमा स्थानीय युवाको सक्रियतामा दुई करोड ५० लाखको लागतमा होटल सञ्चालन गरिएको छ ।

ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अर्जुन कार्की, राजु बास्कोटा, निरज बोगटी र राजकुमार ओलीको संयुक्त लगानीमा ‘वन्स अगेन इलिफेन्ट रिसोर्ट एन्ड लज’ सञ्चालन गरिएको हो ।

बाहुनडाँगीमा दैनिक भारतीय जङ्गलबाट आउने हात्तीका हुल समेत यस रिसोर्टबाट प्रत्यक्ष हेर्न सकिने सञ्चालनक अर्जुन कार्कीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्