सेतो गुम्बामाथि मन परेरै त हो



राजधानीको सीतापाइलाबाट केहीमाथि उक्लिएपछि भेटिने मनोरम स्थल सेतो गुम्बा प्रलयकारी भूकम्पका कारण मर्मतमा रहेकाले त्यो क्षेत्रमा हिजोआज पहिलेजस्तो भीडभाड हराएको छ। तर त्यसबाट केहीमाथि उक्लिएपछिको एउटा रमाइलो डाँडामा हालैको एक चिसो दिनमा बिहानैदेखि मानिसको निकै चहलपहल थियो। सेतो गुम्बाबाट केही परसम्मको कच्ची मोटरबाटो र त्यसबाट पनि केहीमाथि मोटरसाइकल र साइकलसम्म जाने बाटो छिचालेपछि भेटिन्छ मनोरम डाँडा। जहाँबाट काठमाडौं खाल्डो मज्जाले देखिन्छ।

त्यहीँ डाँडामाथि बसेर म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफार दिपेन्द्र तिमिल्सिना ‘बाल’ एक्सन र कट भन्दै चिच्याइरहको थिए। उनी जतिपटक एक्सन भन्थे, त्यति नै पटक साउन्डदेखि, क्यामरालगायतका प्राविधिक सामग्रीका साथमा प्राविधिक र कलाकार तथा कोरस कलाकार सक्रिय भई आ–आफ्ना काम गर्थे र उनको कटसँगै सबै कुरा स्वचालित ढंगले बन्द हुन्थे।

त्यहाँ सुटिङ भइरहेको थियो एउटा गीतको म्युजिक भिडियोको। निर्भाना टिभी नेपालले निर्मँण गरिरहेको मन परेरै हो त हो बोलको गीतको म्युजिक भिडियोको सुटिङ त्यहाँ भइरहेको थियो। म्युजिक भिडियोमा काम गर्ने र त्यो काम हेर्नेहरुको भीड त छँदै थियो, सँगै रहेको स्थानीय होटलमा खानपान गर्ने र प्राकृतिक सुन्दरताको अवलोकन गरी रमाउन चाहनेहरुको आगमनले पनि भीड ठूलो बन्दै थियो। स्थानीय होटलवाला भने भन्दै थिए ‘आज बिहानैदेखि सुटिङ भएकाले सरी तपाईंहरुलाई खुवाउन असमर्थ छु। आज उहाँहरुको बुकिङ छ।’ खानपिनको चाहना पूरा नभएकाले निराश भएकाहरु सुटिङका गतिविधि हेरेर सन्तुष्ट भई फर्किरहेका थिए।

सुटिङ भने आफ्नै तालमा अगाडि बडिरहेको थियो। मौसम चिसो थियो। घाम र बादलको लुकाममरीले वातावरण कहिले चिसो र कहिले घमाइलो भइरहेको थियो। तर सुटिङ युनिटलाई चिसो न न्यानो, आफ्नै काममा तल्लिन थियो। हे फूलजस्ती क्या बाठी सोल्टिनी सोल्टिनीमै पापी मन अल्झिनी मन परेरै हो
मन परेरै त हो मन पराको तिमीले पनि हेरेर त हो।

गीतमा गायक मानवीरले गाएका थिए। उनको गायनमा मोडल युक्त गुरुङ निर्देशक तिमिल्सिनाले भने भैmँ कहिले नाचेर त कहिले भावले अभिनय गरेर गीतलाई जिवन्तता दिने प्रयास गरिरहेका थिए भने उनलाई जोडी भनेर रञ्जिता गुरुङले सघाइरहेका थिए। पुरुष स्वरको गीतमा महिला स्वरले जवाफ फर्काइरहेको थियो हे हास्ने बोल्ने भइरहन्थ्यो पहिले नि तिम्रो कुरा बुभ्mदै छु मैले नि मन परेरै हो मन परेरै त हो मन पराको तिमीले पनि त मै हेरेर हो।


आँशु लामाको संगीत संयोजन र अतिमान घलेको सभ्य तथा लयमा गायिका गीता पाइजा मगरले गाएको गीतको भावअनुसार रञ्जिता गुरुङले मुखाभिनय र नृत्य गरिरहेकी थिइन् भने निर्देशक तिमिल्सिना युक्त र उनलाई विदेशी नागरिक बनेर अभियनमा साथ दिइरहेका थिए। त्यसो त एक दर्जन जति कोरस कलाकारको साथ पनि उनीहरुलाई थियो। कथासमेत बुनिएको म्युजिक भिडियोमा गायिका तथा मोडल सुनिता गुरुङ पनि अभिनय गरिरहेकी थिइन्। उनका साथमा रमेश श्रेष्ठसमेत कलाकारका रूपमा प्रस्तुत भइरहेका थिए। उनीहरुको रञ्जिताको अभिभावकको भूमिकामा थिए। कथाअनुसार रञ्जिता मन परेको मानिसलाई लिएर घरमै आउँछिन्। सुनिता र रमेशले भने ती युवक युक्तलाई बाबुआमा लिएर आउनु भनेर फर्काइदिन्छन्, अको सटमा त विहे नै हुन्छ। ‘यो घरमा त यस्तो विहे कतिको भयो भयो’ होटल सञ्चालिका हास्दै भन्दै थिइन् ‘थरी थरीको विहे भयो।’

नवराज उप्रेतीले छायांकन गरिरहेको भिडियोको काम तदारुकताका साथ भइरहेको थियो। तर दिन छोटो थियो। त्यसैले भ्याइनभ्याइ चलिरहेको थियो। घामले विदा लिएर अँध्यारो छाउन थालेपछि पोर्टेबल लाइटले दिनको झल्को दिएर पनि युनिटले काम सकाइ छाड्यो। चिसो पनि बढ्यो, सुटिङ पनि सकियो।

प्रतिक्रिया दिनुहोस्