छाउपडीविरुद्ध शिक्षक संगठन



s~rgk’/sf] emnf/L lkknf8L gu/kfnLsfl:yt a}hgfy dlxnf ax’p2]Zo ;xsf/L ;+:yfdf cfj4 dlxnfx? ;f]daf/ 5fpk8L uf]7 eTsfpFb} . tl:a/ M /fh]Gb|k|;fb kg]?, /f;;, s~rgk’/

विष्णुप्रसाद भण्डारी, अछाम
नेपाल राष्ट्रिय शिक्षक संगठन अछामले छाउपडी गोठमा बस्ने र छाउपडी गोठमा पठाउने सदस्यलाई कारबाही गर्ने निर्णय गरेको छ। आफ्नो संगठनसँग आबद्ध शिक्षकको श्रीमती गोठमा बसेको पाइएमा कारबाही गर्ने निर्णय शिक्षक संगठनले गरेको हो।

छाउपडी कुप्रथाविरुद्धको अभियानमा सघाउनका लागि विभिन्न कार्यक्रमहरू अघि सारेको शिक्षक संगठनले कुनै पनि आफ्नो सदस्यले यस्तो गरेको पाइएमा आफूहरूलाई जानकारी गराउन सबैमा अपिल गरेको छ। हिजो मंगलसेनमा आयोजित पत्रकार सम्मेलनमार्फत् संगठनको १६ जिल्ला परिषद्बाट पारित आफ्ना २५ बुँदे माग सार्वजनिक गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन अछामले छाउपडी कुप्रथाविरुद्धको अभियानमा शिक्षक संगठन एकताबद्ध भएर जुट्ने बताएको छ।

साथै उक्त २५ बुँदे मागपत्रमा तत्काल शिक्षा नियमावली जारी गरी शिक्षकहरूका समस्या समाधान गर्न माग सरकारसँग मागसमेत गरिएको छ। शिक्षकसँग विगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने, विद्यालयमा कक्षागत र विषयगत दरबन्दीको व्यवस्था गरी शैक्षिक गुणस्तर वृद्धि गर्नमा जोड दिइनुपर्ने, सम्पूर्ण शिक्षकहरूलाई स्थानीय भत्ता र महँगी भत्ता उपलब्ध गराउनुपर्नेलगायत माग नेपाल राष्ट्रिय शिक्षक संगठन अछामले अघि सारेको हो। नेपाल राष्ट्रिय शिक्षक संगठन अछामका अध्यक्ष नरबहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष तथा नेपाल शिक्षक महासंघका केन्द्रीय महासचिव तिलक कुँवर प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा बोल्दै कुँवरले आफूहरू शैक्षिक गुणस्तर सुधारको माग गर्दै सरकारसँग निरन्तर लडिरहेको बताउनुभयो। नेपाल राष्ट्रिय शिक्षक संगठनको १६औं जिल्ला परिषद्का निर्णयहरू सार्वजनिक गर्न, नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध महिला शिक्षकहरूको भेला र नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा सञ्चालित शिक्षक हित वचत तथा ऋण सहकारी संस्थाको साधारणसभाका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलना आयोजना गरिएको हो। कार्यक्रमको सञ्चालन नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष जानकारी बोहराले गर्नुभएको थियो। कार्यक्रममा शिक्षक हित वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मञ्जु कुँवर, नेपाल राष्ट्रिय शिक्षक संगठन अछामका कोषाध्यक्ष रामबहादुर शाहीलगायत शिक्षक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्