मोबाइल फोन नचल्दा सास्ती



खोटाङ, (नेस)जिल्लाको एक मात्र दिक्तेल नगरपालिकाको सबै क्षेत्रमा मोबाइल सेवा सञ्चालन नहुँदा स्थानीय सेवाग्राहीलाई सास्ती हुने गरेको छ। सदरमुकाम दिक्तेलस्थित भानुचौकमा रहेको नेपाल टेलिकमको टावरले सदरमुकामकै पुरानो बेसक्याम्पभन्दा माथि काम नगर्दा सेवाग्राहीले सास्ती खेप्नु परेको हो।

जिल्लामा सञ्चालित नमस्ते, स्काई, एनसेललगायत सबै प्रकारका मोबाइल सेवा प्रभावकारी नभएपछि नगरपालिकास्थित माथिल्लो क्षेत्रका सेवाग्राही महत्त्वपूर्ण फोन गर्नका लागि टावर टिप्ने ठाउँतिर पुग्नुपर्ने बाध्यता छ। टेलिकमले सबै क्षेत्रलाई समेट्ने गरी टावर नराखेकाले नगरपालिका भित्रकै माथिल्लो क्षेत्रमा मोबाइल सेवा प्रभाबकारी नहुँदा सास्ती खेपेर फोन गर्नु जानु परेको सेवाग्राहीको गुनासो छ। यता, नेपाल टेलिकम खोटाङले भने सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै रत्नपार्क र पुरानो बेसक्याम्प क्षेत्रमा दुई वटा मोबाइल टावर राख्ने तयारी गरिएको जनाएको छ।

टेलिफोनमा देखिएको समस्याका बारेमा क्षेत्रीय कार्यालयलाई पटकपटक जानकारी गराउँदा समेत चासो नदिएको नेपाल टेलिकम खोटाङका प्रमुख भरोसी साहले बताउनुभयो। पछिल्लो समय जिल्लाका अन्य ठाउँमा समेत मोबाइलले राम्रो काम गरिरहेको छैन।

प्रतिक्रिया दिनुहोस्