निर्वाचनमा जुट्न निर्देशन



काठमाडौँ, १० पुस । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस जिल्ला कोषाध्यक्षहरुलाई एक जुट भई निकट भविष्यमै हुने निर्वाचनमा जुट्न निर्देशन दिनुभएको छ ।

जिल्ला कोषाध्यक्षहरुको सम्मानमा आज नेता सिंहले आफ्नै निवास चाक्सीबारीमा आयोजना गर्नुभएको चियापानमा निर्वाचनका लागि गाउँस्तरसम्मको सङ्गठन सुदृढीकरणमा लाग्न आग्रह गर्नुभयो ।

उहाँले दलहरुका अगाडि जारी राजनीतिक गतिरोध अन्त्य गरी संविधान कार्यान्वयन र राजनीतिक व्यवस्थाको रक्षामा लाग्नाको विकल्प नभएको बताउँदै सबै दल सहमतिका साथ निर्वाचनमा जानुपर्ने धारणा व्यक्त गर्नुभयो । यहाँ दुई दिनसम्म चलेको काँग्रेस जिल्ला कोषाध्यक्षहरुको सम्मेलन एघारबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्