भ्रष्टाचारविरुद्धको अभियानमा नयाँँ शक्ति नेपाल



फिरोज सिद्दिकी, सिरहा
अहिले मुलुकमा भ्रष्टाचार गम्भीर चुनौतीका रूपमा बढ्दै गइरहेको अवस्थामा सिरहालाई भ्रष्टाचारमुक्त बनाउन नयाँ शक्ति नेपाल सिरहाले भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरेको छ। शनिबार सिरहाको लहानमा त्यस पार्टीले पत्रकार सम्मेलनको आयोजना गरी सिरहाको सरकारी निकायहरूमा भइरहेको भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती रोक्न भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरेको जनाएको हो।

पार्टीका केन्द्रीय सदस्य रामरिझन यादवले भ्रष्टाराको अन्त्य नभएसम्म सिरहामा विकास र समृद्धि सम्भव नभएको, सर्वसाधारणले राहत नपाएका, जनताले सुशासको प्रत्याभूति गर्न नसकेको बताउनुभयो।
उहाँले यसको सबैभन्दा ठूलो असर कमजोर वर्ग गरिब समुदायलाई परेको उल्लेख गर्नुभयो। भ्रष्टाचारकै कारण गरिब जनता झनै पीडित बन्दै गइरहेको र विकास निर्माणका काममा अवरोध हँुदै गएको बताउँदै यो अभियानमा जोखिम भए पनि अभियानलाई निष्कर्षमा पु¥याएरै छाड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
पत्रकार सम्मेलनमा जिल्ला संयोजक जिवछ यादवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा लहान ठाडी सडक खण्डमा तीन करोडभन्दा बढीको भ्रष्टाचार भएको जनाइएको छ। त्यस भ्रष्टाचारको विरुद्ध ११ गते जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाउने र १२ गते लहान ठाडी सडकको विभिन्न चोकहरूमा जनचेतना फैलाउँदै मोटरसाइकल ¥याली गर्ने जानकारी गराएको छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार आर्थिक वर्ष ०७१÷०७२ र ०७२÷०७३ लहान ठाडी सडकमा पिच गर्न पटकपटक ठेक्का निकालेको र पटकपटक निकासा दिएर कागजमा मात्र काम देखाएर व्यापक भ्रष्टाचार गरेकाले ठेकेदार र संलग्न कर्मचारीहरूमाथि छानविन गरी कारबाहीको माग गरेको छ।

लहानस्थित अस्पताल चोकदेखि १ किलोमिटर पिचका लागि ८४ लाखको टेन्डर रामविकास जेबी काठमाडांै निर्माण कम्पनीले ५० लाख ८९ हजार ४ सय ६६ रुपियाँमा कबोल गरे पनि काम भएको छैन। त्यस्तै १ दशमलव ५ किलोमिटर कालोपत्रेका लागि १ करोड ८७ लाखको टेन्डर ९२ लाख ५७ हजारमा बीपी विकास निर्माण सेवाले कबोल गरे पनि काम नगरी बिल मिलाई निकासा भएको देखिएको छ।
यसै गरी आर्थिक वर्ष ०७२÷०७३ मा बाँकी सडक कालोपत्रे गर्न दुईपटक फरकफरक निर्माण कम्पनी ठेक्कामा दिँदा बीपी विकास निर्माण सेवालाई मिलोमतोमा सडक डिभिजन कार्यालय लहानले दुई दशमलव चार किलोमिटर कालोपत्रेका लागि १ करोड ५३ लाखको टेन्डरमा ७२ लाख ३८ हजार १ सय ७५ रुपियाँमा कबोल गरे पनि काम नगरी खर्च बिल मिलाएर ठेकेदारलाई रकम निकासा दिने काम गरेको विज्ञप्तिमा उल्लेख रहेको छ।

यता निकै बिलोमा ठेक्का लिएर समयमा काम सम्पन्न हुन नसकेको कारण देखाउँदै आएको सडक डिभिजन कार्यालय लहानले ठेकेदारसँगको मिलेमतोमा बिलोमा नै ठेक्का लगाउनु भ्रष्टाचार र काममा ढिलासुस्ती हुने गरेको जनाएको छ। यसपछि नयाँ शक्ति नेपाल सिरहाले शिक्षा, स्वास्थ्य र विभिन्न सरकारी कार्यालयहरूमा भइरहेको भ्रष्टाचार रोक्न अर्को चरणको अभियान सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्