बरुलाले चिल्दा ४ घाइते



हेटौंडा, (नेस) हुप्रचौर मेनगेट छेउको रुखमा रहेको बारुलाले चिल्दा ४ जना घाइते भएका छन्। रुखमा रहेको बारुलालाई बच्चाले ढुंगा प्रहार गर्दा नजिकै रहेका अन्यलाई चिलेको थियोे। शुक्रबार दिउँसो मकवानपुर जागरण अभियानको बैठक चलिरहेको बेला अकस्मात् अभियानका सदस्यलाई बारुलाले चिल्न थालेपछि बैठक छोडेर सबै भागेका थिए।

बारुलाको टोकाइबाट मकवानपुर जागरण अभियानका उपाध्यक्ष जनककुमार डंगोल, सदस्यहरू दिवाकर मैनाली, दिलबहादुर लामा र सलिना ढुंगेल घाइते भएका छन्। स्थानीय मेडिकल र हेटौंडा अस्पतालमा उपचारपश्चात् घाइतेको अवस्था ठीक रहेको जागरण अभियान अध्यक्ष कृष्णराज कोइरालाले बताए।

प्रतिक्रिया दिनुहोस्