पत्नीको हत्या गरी आत्महत्या



भक्तपुर, (नेस)  चाँगुनारायण नगरपालिका वडा नं. ३, छालिङ थापागाउँका ४४ वर्षीय ज्योतिराज थापाले आफ्नी श्रीमतीको हत्यापछि विष सेवन गरी आत्महत्या गरेका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार शनिबार दिउँसो आफ्नी श्रीमतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेपछि आफूले पनि विष सेवन गरी थापाले आत्महत्या गरेका थिए। थापाको छोरा अस्ट्रेलिया रहेको र छोरीसमेत विवाहित भएकाले घरमा उनीहरू दुई जना मात्र बसोबास गरिरहेको पाइएको प्रहरीले जनाएको छ। घटनाको विषयमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्