पशुपतिप्रसाद फेरि सर्वोत्कृष्ट नायिकामा नम्रता नै



यूएईको दुबईमा नेपाल चलचित्र प्राविधिक संघद्वारा आयोजित नवौं नेफ्टा अवार्डमा पशुपतिप्रसाद फिल्म भएको छ। शुक्रबार राति सम्पन्न अवार्डमा निर्देशकको अवार्ड वडा नम्बर ६ बाट उज्वल घिमिरेले उचाल्दा दयाहाङ राई कबड्डी कबड्डीबाट अभिनेतातर्पm र नम्रता श्रेष्ठ क्लासिकबाट अभिनेत्रीतर्पm विजयी भए।

समारोहमा पल शाह नाइँ नभन्नु ल ४ बाट नवअभिनेता, पुरुषोत्तम प्रधान छायांकार र डा. कृष्णहरि बराल गीतकार, साम्राज्ञी राज्यलक्ष्मी शाह ड्रिम्सबाट नवअभिनेत्री, पशुपतिप्रसादबाट विपीन कार्की खलनायक र प्रकाश घिमिरे सहअभिनेता, जन्मभूमिबाट निश्मा घिमिरे सहअभिनेत्री, फन्कोबाट विपीन मल्ल सम्पादक, सुजिल कर्माचार्य पाश्र्व संगीतकार, प्रेमगीतबाट रेनेशा वान्तवा राई नृत्य निर्देशक, अर्जुन पोखरेल संगीतकार, सुगम पोखरेल पाश्र्व गायक, अञ्जु पन्त पाश्र्व गायिका तथा युवी थापा र योगिता कस्ट्युम डिजाइनरको अवार्ड विजेता बने।

त्यसै गरी अधकट्टीबाट विल्सनविक्रम राई हास्य अभिनेता, कबड्डी कबड्डीबाट रामबाबु गुरुङ कथा लेखक, फन्कोबाट सुवर्ण थापा पटकथा लेखक, पशुपतिप्रसादबाट खगेन्द्र लामिछाने संवाद लेखक, उत्तम न्यौपान धौलीबाट ध्वनि मिश्रण, राजन इशान वडा नम्बर ६ बाट संगीत संयोजन र पासाङ टी शेर्पा कला निर्देशक, हिमाल केसी भैरवबाट द्वन्द्व निर्देशक, दीपु पौडेल को–आफ्नोबाट शृंगार विधाको अवार्ड विजेता भए।

त्यसै गरी अनमोल केसीका नाममा लोकप्रिय अभिनेता घोषणा गरिएको कार्यक्रममा पूजा शर्मा लोकप्रिय अभिनेत्रीको अवार्ड दिइएको कार्यक्रममा भान्छामा काम गर्दै आएका कुलबहादुर महत (जेठा दाइ) र नन्दबहादुर गर्मुछान मगरलाई जनही २५ हजार नगद र ताम्रपत्रसहित दीर्घसाधना सम्मान प्रदान गरियो। त्यस्तै सामाजिक कार्य गरेबापत सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई पनि सम्मान गरियो भने अभिनेत्री दीपाश्री निरौलालाई प्रोत्साहन सम्मान तथा भुवन चन्द, चैत्य देवी र वसुन्धरा भुसाललाई नेफ्टा स्वर्णिम सम्मान प्रदान गरियो।

प्रतिक्रिया दिनुहोस्