कोकाकोला र सान्ता क्लजको सम्बन्ध वर्षौ पुरानो



नेपाल समाचारपत्र
काठमाडौं

कोकाकोला धेरै वर्षदेखि यसको पुर्नताजगीको प्रतिबद्धतासहित क्रिसमसको विज्ञापन, अभियानका साथमा महत्त्वपू्र्ण भाग बन्दै आएको छ। सन् १९३२ भन्दा पहिले हाल चलिआएको ठूलो र आनन्ददायक, रातोसुट लगाएको र सेतो दाह्री पालेको सान्ता अग्लो, ख्याउटे, दुब्लो, र अलौकिक जस्तो देखिन्थ्यो। त्यसपछि, कोकाकोला कम्पनीले नै हालको आनन्दित मुद्रामा देखिने सान्ता क्लजको आकार बनाएको कोकाकोलाले जनाएको छ। फिनिस अमेरिकन कलाकार ह्याडोल सन्तबोल्मसँगै कोकाकोलाको पनि दशकौं, र पुस्तौं लामो सम्बन्ध छ।

कोकाकोला कम्पनीले सान्ता क्लजलाई लोकप्रिय संस्कृतिको अभिन्न अंगको रूपमा आनन्ददायक, उज्यालो रातो सुटमा सेतो दाह्री भएको मानिसलाई लोकप्रिय बनाउन योगदान गरेको जनाएको छ। हिजोआज ऊसँग गाडा र तान्नको लागि बारहसिँगे पनि रहेको हुन्छ, साथसाथै श्रीमती क्लज पनि हुन्छिन्। सन् १९२० देखि कोकाकोलाले आफ्ना विज्ञापनमा प्रशिद्ध व्यक्तित्वको रूपमा एउटा सशक्त संस्करणलाई प्रचार सामग्रीको रूपमा चित्रित गर्न थालेको हो।
सन् १९३० मा कलाकार फ्रेड मिजेनले कोकाकोलाको बोतल पिउँदै गरेको सान्ताको चित्र डिपार्टमेन्टल स्टोरमा सामूहिकमा बनाएका थिए। यो विज्ञापनमा विश्वको सबैभन्दा ठूलो सोडा फाउन्टेन अंकित थियो र मिजेनको चित्रकलालाई त्यसपछि छापामा समाहित गरियो।

सन् १९३१ मा कोकाकोला कम्पनीले आफ्नो विज्ञापन सामग्री छापा पत्रिकाहरूमा शुरू गर्ने निर्णय गर्यो र कोकाकोला एकाउन्ट समालिरहेका कार्यकारी आर्ची लीले डि आर्ची विज्ञापन एजेन्सीमा, पूर्णरूप देखाउने सान्ता, जो जीवन्त हुनुका साथै जादूमयी र उक्त समयको प्रतिबिम्बको रूपमा हुनुपर्ने बिदाको अभियानमा देखिनु पर्ने चाहना गरेका थिए।

सान्ताको कलाकार आवश्यकता र उत्प्रेरक चरित्रलाई सन्तुलनमा गर्नका लागि मिचिगनमा जन्मिएका चित्रकार हाडोन सन्डब्लोम आफैंले उक्त समयमा नै सान्ताको व्यवहारिक मानव आकृतिको श्रृजना गरेका हुन्। सान्ता कुनै कार्टुन वा काल्पनिक व्यक्ति नभई, समग्रमा मानवीय गुण भएको मानिस र सम्बन्धित विशेषतासहित हो।

सन १८२२ को क्लार्क मारीको एक कविता ‘अ भिजिट फ्रम सेन्ट निकोलास’ का पात्र सेन्ट निकोलासबाट प्रभावित भई सन्डब्लोमले खुशी, आनन्दित र मावन जस्तै लाग्ने आकृतिको श्रृजना गरेका थिए। सान्ताको रातो कोट कोकाकोलाको रङसँग सम्बन्धित छ भनिए पनि रातो कोट सान्ताले सान्डब्लोमले आकृति कोर्नु अगाडि नै लगाउन थालेको थियो। त्यसपछि फोटो खिचेर सान्ता तस्वीर बनाउन थालियो।

सन् २००१, एलेक्जान्द्रे पेट्रोभले सिर्जना गरेको एनिमेटेड टेलिभिजन विज्ञापनमा कोकाकोला सान्ता देखाइएको पनि सन् १९६२ को सण्डब्लोमको चित्रकलामा आधारित रहेको थियो। दशकौंपछि पनि सण्डब्लोमको तस्वीरले आधुनिक समयमा पनि सान्ता क्लजको तस्वीरलाई उत्प्रेरित गरिरहेको छ। जुन विश्वभरका मानिस ले माया गर्दछन्।

बोटलर्स नेपालका निर्देशक पुनित वास्र्नेले भन्नुभयो–‘अहिले नेपालमा र विश्वभर परिवार र साथी भाईसँग बिदाको मौसममा कोकाकोला साटासाट गर्नु वार्षिक चाडवाडको अभिन्न अंग र भाग बनेको छ। यो लोभलाग्दो कथा कसरी महान ब्रान्डहरू लोकप्रिय संस्कृतिको अभिन्न अंग बन्दै ग्राहकसँग बलियो र लामो नाता गाँस्न सक्छन् भन्ने कुराको प्रमाण पनि हो।’

प्रतिक्रिया दिनुहोस्