प्रधानमन्त्रीको माग –संसदमा मतदान गरेर भएपनि संशोधन टुगों लगाउन देऊ



 

नेपाल समाचारपत्र
दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद भित्र मतदान गरेर भएपनि संविधान संशोधनको प्रस्ताव टुगों लगाउनुपर्ने बताउनुभएको छ ।
प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले मुद्धामा सहमति नभएपनि विधिमा सहमति गरेर प्रस्तावलाई टुगोंमा पु¥याउनुपर्ने बताउनुभएको हो ।
चार महिनाको अथक प्रयास पछि संसोधन प्रस्ताव दर्ता भएको भन्दै यो प्रस्तावले सबैको स्वामित्व ग्रहण गर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले थप्नुभयो,–‘पहिलो संबिधान सभामा अहिले आएको प्रस्तावमा काग्रेंस र एमालेले सहमति गरिसकेका छन् । प्रस्ताव गर्नेलेनै सदनमा बिरोध गर्ने स्थिती बनेको छ । त्यसैले तुरुन्त सदन खोलेर प्रस्ताबको टुगों लगाउनुपर्छ ।’
प्रधानमन्त्री प्रचण्डले संबिधान कार्यान्वयनका लागि प्रमुख दलहरु मिल्नुको बिकल्प नरहेको बताउनुभयो । केहि दिनमै केन्द्र र स्थानीय निकायको निर्वाचन घोषणा हुने भन्दै प्रतिशोधको राजनीति नगर्न एमालेलाई आग्रह गर्नुभयो । संसद अबरोध हुँदा निर्बाचन, महाअभियोग र संसोधन प्रस्ताव बिद्येयक सबै कुरा अड्किएको भन्दै प्रकृयामा सहमति गरेर भएपनि देशलाई निकास दिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले थप्नुभयो,–‘अहिले संबिधान संसोधन प्रस्तावको बिषयमा झुटो प्रचार गरिदैं छ । झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरमा ठुला शक्तिका नेता छन् भनेर नचलाउने खाली ५ नम्बर प्रदेशलाई बिच्काउने काम गरियो भन्न थालिएको छ । यो होईन ५ नम्बर प्रदेशमा पनि जीरेखुर्सानी जस्ता नेता छन् । अहिलेको प्रस्ताव पहिलेकै संबिधान सभामा काग्रेंस र एमालेले सहमति जनाएको प्रस्ताव हो । यो नै उत्तम बिकल्प हुन सक्छ ।’ एक फरक प्रसंगमा राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन र निरीक्षणको क्रममा जिल्ला दौडाहामा आफू रहेको समेत उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्