पञ्चकन्या समूहले नियो सोलार ल्यायो



काठमाडौं, (नेस)

पञ्चकन्या समूहले आधुनिक प्रविधिको प्रयोगबाट निर्माण गरिएको नियो सोलार प्यानल बजारमा ल्याएको छ। हाल यस्ता सोलार घरायसी प्रयोजनको लागि २९० वाट र ३४५ वाट गरी दुई भिन्न वाटमा उपलब्ध हुनेछन्। उक्त सोलारको नेपालको लागि आधिकारिक डिट्रिब्यूटर पञ्चकन्या ग्रुपको सिस्टर कन्र्सन उज्वल इनर्जी प्रालि रहेको छ। यी सोलार युरोप तथा अमेरिकाका ५० भन्दा बढी देशमा प्रयोग हुँदै आएको छ। नेपालजस्तो भौगोलिक बनावट र प्रशस्त घाम लाग्ने स्थानको लागि यस्ता सोलारहरू अझ बढी उपयोगी हुने कम्पनीको भनाइ छ।

कम स्थानमा जडान गर्न सकिने, बढी पावर दिने, कम प्रकाशमा समेत चार्ज हुने र कम जोखिमयुक्त यसका विशेषता हुन् भने विद्युत् खपत घटाई लोडसेडिङ अन्त्य गर्ने सरकारको नीतिलाई समेत टेवा पुर्याउन यस्ता सोलार प्यानल सहयोगीसिद्ध हुने कम्पनीले जनाएको छ।यी सोलार प्यानल वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले प्रमाणित समेत गरिसकेको हुँदा यसलाई आम उपभोक्ताले ढुक्क भई प्रयोगमा ल्याउने विश्वास ग्रुपले लिएको छ।

प्रतिक्रिया दिनुहोस्