बन्ने भो, नागढुडगा सुरुड मार्ग



नेपाल र जापान सरकारबीच नागढुडामा सुरुडमार्ग निर्माण सम्झौतामा आजबिहीबार अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार यस योजनाका लागि जापानले नेपाल सरकारलाई रु  १५ अर्ब २८ करोड ऋण सहायता उपलव्ध गराउनेछ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिकपूर्वाधार मन्त्री रमेश लेखकको उपस्थितिमा अर्थ सचिब शान्त्राज सुवेदी र जापानी राजदूत मासामीओगावाले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । २.५ किलोमिटर लामो टनेल सन् २०२२  सम्मामा पूरा गर्ने लक्ष लिइएको छ । ऋणको व्याजदर ०.०१ प्रतिशतहुने अर्थ मन्त्रालयद्धारा जानकारी गराइएको छ ।

उक्त सुरुड० मार्ग बनेपनि नागढुङ्गगादेखि नौबिसेको बाछो २० मिनेटमा पुग्न सकिन्छ । सुरक्षा र अन्य व्यवधानका  कारण यस मार्गमा मोटरसाइकल चलाउन निषेध गरिने भएको छ । सो सुरुङ्ग मार्ग बनेपछि थानकोट–नौबिसे जामबाट दिक्कबनेका सवारी चालकले राहत महसुस गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्